अर्थ-वाणिज्य

सौर्य ऊर्जा परियोजना समझदारीपत्रमा हस्ताक्षर : कपिलवस्तुको बाणगङ्गामा २५० मेगावाट



कपिलवस्तु १३ माघ । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लाण्टसहितको दुई सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । ​ग्रिडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिङ्गापुर जेभीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारीपत्रअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा एक सय २५ मेगावाटका दरले दुई सय ५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेज प्लाण्ट स्थापनाका लागि अध्ययन गरिने छ ।

परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्डको कार्यालयमा सम्पन्न समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट कम्पनीका दक्षिण एसियाका लागि विकास प्रबन्धक वाङ क्वियाङले हस्ताक्षर गर्नुभएको छ ।कम्पनीले सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर बुझाउनुपर्नेछ । २०७७ असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो । 

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६