अर्थ-वाणिज्य

वुद्धभुमीको फोहोरलाई मोहरमा लैजाने शःशुल्क योजना



कपिलवस्तु १३ माघ ।बुद्धभुमी उद्योग वाणिज्य संघ बुद्धभुमीको दोस्रो साधारणसभा तथा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम  भएको छ । कार्यक्रममा बोल्दै बुद्धभुमी नगरपालिका नगरप्रमुख केशव कुमार श्रेष्ठले नगर भित्रका सबै व्यवसायीलाई करको दायरामा आउन आग्रह गर्नुभएको छ । सहभागिको जिज्ञासालाई सम्बोधन गर्दै श्रेष्ठले फोहरलाई मोहरमा रुपान्तरण गर्न नगरपालीकाले स्थानिय उपभोक्ताबाट निश्चित शुल्क लिई फोहरलाई व्यवस्थित गर्ने प्रकृया अघि बढेको बताउनु भयो । साथै घर बनाउँदा अनिवार्य नक्सा पास गर्न समेत आग्रह गर्नुभएको छ ।

सघका वर्तमान अध्यक्ष शुभलाल भुषालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै  सघले आन्तरिक राजस्व कार्यालय ,घरेलु उद्योग, नापतौल विभागसङ समन्वय गरि कर शिक्षा अन्तरकृया, ढक तराजु नविकरण लगायतका कार्यक्रम गरेको अध्यक्ष  भुषालले जानकारी दिनुभएको छ । संघले छिमेकी नगर महाराजगन्जलाई पनि कार्य क्षेत्रमा समेटेको छ ।

    आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सुरेश कुमार महतोले  कर सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण पश्चात उपस्थित व्यवसायीले प्रश्न , गुनासो तथा जिज्ञासा राख्नुभएको थियो। गुनासो राख्दै एक व्यवसायले कर कार्यालयमा जादा परेका असहज परिस्थिति, घुस लेनदेन जस्ता कार्यप्रती ध्यानाकर्षण गराउनुभएको थियो । व्यवसायिले हाटबजारलाई प्राथमिकतामा राख्दा स्थानिय व्यवसाय मर्कामा परेको गुनासो समेत गरेका छन। 

    गुनासो सबोधन गर्दै कर अधिकृत  महतोले व्यवसायिलाई कारोबार सङ सम्बन्धित कागजात सुरक्षित राख्न आग्रह गर्नुभएको छ । व्यवसाय दर्ता गरेर मात्रै व्यवसाय सन्चालनमा ल्याउन समेत आग्रह गर्नुभयो। कोभिडका कारण ६ महिनादेखी बजार अनुगमको काम ठप्प भएपनी कोभिडको महामारी कम भएपछि बजार अनुगमनको काम तिव्ररुपमा भएको जानकारी दिनुभयो । कार्यालयमा हुने अभद्र व्यवहार प्रती उहाले क्षमा समेत माग्नु भएको छ ।

    होटेल सगम प्यालेस गोरुसिङेमा भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष डम्मर पाण्डेको स्वागत र  महासचिव  बिष्णु प्रसाद पौडेल  को सन्चालनमा भएको कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, उधोगी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो  ।

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६