जीवनशैली

कपिलवस्तु जेसिसको २१ औं अध्यक्षमा भिमकान्त



कपिलवस्तु १३ माघ ।कपिलवस्तु जेसिजको २१ औं अध्यक्षमा भिमकान्त भट्राई सर्व सम्मत चयन हुनु भएको छ ।  २१औ अधिवेशनबाट भट्राई सर्वसम्मत चयन हुनु भएको हो । यस्तै कार्यकारिणी उपाध्यक्षमा प्रविन पौडेल र शुशिल खत्री चयन हुनुभएको छ भने उपाध्यक्षहरुमा अशोक पौडेल, कमल घिमिरे, मदन पौडेल, मिन बहादुर थापा चयन हुनुभएको छ । अन्य सबै सदस्यहरु जनवरी ३१ तारिख पदस्थापन समारोहका दिन मनोनित गर्ने निवर्तमान अध्यक्ष मनोज खत्रीले जानकारी दिनुभएको छ ।

    बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको हो भने मंगलवार  अधिवेशन  भएको हो । यस्तै सोमबार कपिलवस्तु जेसिज बर्ष २०२० को २१ औँ बािर्षक साधारण सभा  भएको हो  । साधारण सभामा कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज खत्रीले संस्थाले गरेको कार्यक्रम तथा आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने महासचिव प्रबिन पौडेलले बार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । 

प्रकाशित : १३ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६