अर्थ-वाणिज्य

माधव नेपाललाई विष्णुको प्रश्न आफैले लगाएको टिकाले गिज्जाएन र ?



रुपन्देही १४ माघ । माधव नेपालले कोठाभित्र बसेर अध्यक्ष घोषित भएर लगाएको टिका पुछेर सडकमा जाने स्थिती आएको सरकारका अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु प्रसाद पौडेलले वताउनु भएको छ । उहाले नेकपाका नाममा अनधिकृत रुपमा भएका निर्णयहरु निर्वाचन आयोगले खारेज गरिदिएकोले यस्तो अवस्था आएको वताउनु भएको हो । 

    प्रेस संगठन रुपन्देहीले भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले निर्वाचन आयोगले गरेको निर्णयको स्वागत गर्दै भने निर्वाचन आयोगको पछिल्लो निर्णयको विषयमा यहाँहरूले रंङ्गीबिरङ्गी प्रतिक्रियाहरू सुन्नु भएको छ, अनधिकृत रुपमा बैठकका नाममा गरिएका कथित निर्णयहरूलाई गलत ठहर गरिदिएको छ।’ पार्टी अनधिकृत जमघटहरुका निर्णयहरुमा नभई वैधानिकता र आधिकारिकतामा चल्ने भन्दै उहाले पार्टीलाई विधान, दलसम्बन्धी व्यवस्थाले प्रभावित गर्ने बताउनु भयो ।

     ‘वास्तवमा पार्टी वैधानिक प्रबन्ध अन्तर्गत चल्छ, विधान, दल सम्बन्धी कानुन र संविधान अनुसार चल्छ भन्ने निर्वाचन आयोगले स्पष्ट गरिदिएको छ, हिजो आफै अध्यक्ष भयौ भनेर टीका लगाउनेहरु आज पुछ्दै हिडेको देख्नुभएकै छ।माधव नेपालप्रति लक्षित गर्दै उहाले अधिकारको दुरुपयोग गर्न अभ्यस्त भएका व्यक्तिहरु आफै टीका लगाएर आफै पुछ्दै हिडेको बताउनु भयो ।  ‘अध्यक्ष भएँ भनेर आफै टीका लगाउनुभयो, निर्वाचन आयोगको निर्णयपछि साथीहरुले अहिले टीका पुछ्नुपरेको देख्नुभएकै छ, उहाले भन्नु भयो हामीहरुले कसैलाई कारबाही गरेका छैनौं, उहाँहरुले भनेका बैठकहरु जो अनधिकृत जमघटहरु हुन् र निर्णय भनिएका विषयहरु हुन् तीनको अर्थ छैन।

    ’पौडेलले  प्रतिनिधि सभा पुनःस्थापनाको भ्रम नपाल्न आग्रह गर्दै  प्रतिनिधि सभा विघटनको विषयमाथि अदालतमा छलफल भइरहेको भन्दै सर्वोच्चले गर्ने फैसला स्वीकार गर्ने बताउनु भयो । प्रतिनिधि सभा पुनःस्थापनाका लागि कुनै आधार नरहेको भन्दै केही व्यक्तिहरु अन्योलमा रहेकाले आन्दोलन गरिरहेको बताउनु भयो । ‘केही साथीहरु अन्योलमा रहेको पाउँछु, अन्योलमा रहनुपर्ने, सडकमा जानुपर्ने र माग गर्नुपर्ने अवस्था छैन, को सँग माग गरिरहनुभएको छ, यो विषय सरकारको क्षेत्राधिकारमा पर्दैन, अदालतका विरुद्ध हो भने अदालतका विरुद्ध आन्दोलन नगरौं, अब त निर्वाचनको तयारीमा लाग्नुस्, भोलि फेरि पछुतो होला।’

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६