अर्थ-वाणिज्य

मध्यावधी चुवावको माहोल :कपिलवस्तुमा अद्यावधिक तालिका सार्वजनिक



कपिलवस्तु १५ माघ । मधयावधी चुनावका लागि निर्वाचन आयोगले जिल्ला–जिल्लामा मतदाता नामावली अद्यावधिक गर्दैछ । आउँदो माघ १५ देखि २१ गतेसम्म देशका ७ सय ५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो ।  यो अवधिमा मतदाता नामावलीमा भएको नाम हटाउन र सच्याउन पाइएपनि नयाँ नाम दर्ता गर्न र मतदानस्थल सार्न भने पाइने छैन ।

  जिल्ला निर्वाचन कार्यालयद्धारा तौलिहवामा आयोजित मतदाता अद्यावधिक बिषयमा सरोकारवालासंग गरिएको अन्तरक्रियामा जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले सो जानकारी गराएका हुन । मृत्यु भएर, बसाइँ सरेर वा अन्य कारणले मतदाता नामावलीको नाम हटाउन सकिने तर नयाँ थप नहुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नयाँ मतदाता थपिने र आफ्नो मतदान केन्द्र  सार्ने समय गत पुस १५ मै सकिएको पन्थीले बताए । 

‘   माघ १५ मा सबै स्थानीय तहले मतदाता नामावली प्रकाशन गर्नेछन्,’ उनले भने, ‘त्यसमा भएको विवरण सच्याउने, मृत्यु भएका, बसाइँ सरेका र विवाह भएका व्यक्तिको नाम अद्यावधिक गर्ने काम हुनेछ ।’  कार्यालयका अनुसार कोही बसाइँ सरेको तर उसले मतदाता नामावली नसारेको भए पुरानै स्थानबाट मतदान गर्न पाउनेछ । तर, स्वयं व्यक्तिले नामावली सार्न निवेदन दिएमा वा बसाइँ सरेर गएको प्रमाण पुग्नेगरी दाबी–विरोध परेमा नामावलीबाट नाम हटाइनेछ । बसाइँ सरेर गएको स्थानमा मतदाता नामावली अद्यावधिक नगरे चाहिँ उसले मतदान गर्न नपाउने व्यवस्था रहेको पन्थीले बताए । 

   तर, अहिले बसाइँ सरेर गएको स्थानमा नयाँ नामावली थप्ने, सार्नेजस्ता कामको समय सकिइसकेको छ ।  कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न जिल्लाका १० वटै स्थानीय तहका १÷१ कर्मचारीलाई तालिम दिइसकेको छ । ‘तालिम लिएका कर्मचारीले आफ्नो स्थानीय तहका सबै वडाको विवरण अद्यावधिक गर्नेछन्,’ उनले भने, ‘स्थानीय राजनीतिक दलहरूलाई समेत मतदाता नामावली अद्यावधिकको सहजताका लागि स्थानीय तहका कर्मचारीसँग समन्वय गर्न आग्रह छ ।’  प्रजिअ दीर्घनारायण पौडेलले सययमै नामावली अद्यावधिक गर्न आग्रह गरे । आउँदो १५ देखि २१ गतेसम्म अद्यावधिक हुने विवरणपछिमात्र मतदाता संख्याको अन्तिम टुंगो लाग्नेछ ।




प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६