अर्थ-वाणिज्य

कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द



काठमाडौं १५ माघ । कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् ।कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका र निजी तथा सरकारी निर्माणको काम पनि प्रभावित भएकोले इँटाको माग घटेकाले उद्योगहरु बन्द भएका उद्योगीले बताएका छन् ।इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताउनुभयो ।गएको वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको भन्दै उहाँले इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी थप समस्यामा परेको बताउनुभयो ।

उद्योगीको भट्टामा इँटा नभएको, उठ्नुपर्ने रकम पनि खासै बाँकी नरहेको तर ऋण मात्रै बाँकी रहेको उहाँले गुनासो गर्नुभयो ।इँटा उद्योग आत्मनिर्भर भए पनि मजदुर भने भारतीयमा निर्भर हुनुपर्ने बाध्यता छ ।गएको वर्षहरुको तथ्याङ्कलाई हेर्दा ६६ प्रतिशत मजदुर भारतीय हुने गरेका छन् । उद्योगीले उद्योग सञ्चालन गर्न नसक्नुको पछाडि भारतीय मजदुर र लगानीयोग्य पुँजीको अभाव भएको उहाँको भनाइ

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६