अर्थ-वाणिज्य

मुख्यमन्त्री कार्यक्रम मार्फत ६ सयबढी जेष्ठलाई न्यानो कम्वल



चन्द्रौटा १६ माघ । कपिलवस्तुको शिवराज नगरपालिकामा एकैसाथ ६ सय बढी गरिव र विपन्न  जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत कम्बल बितरण गरिएको जिल्ला कार्यक्रम सहजकर्ता बिजय सापकोटाले बताउनुभयो ।

     शिवराज नगरपालिका वडा न १ का ८८ जना,वडा २ का ४१ वडा ३ का ८२ जना वडा न ४ का ७८ वडा ५ का ६४ जना वडा ६ का ४५ वडा ७ का २४ जना वडा ८ का ४० वडा ९ का ४९ जना ,वडा १० का ३५ जना वडा ११ का ६५ जना गरिव तथा विपन्न वृद्धवृद्धालाई छनोट गरिएको छ । छनोट भएका अधिंकाश जेष्ठ नागरिकहरुलाई वितरण भइसकेको र केहि वडाका वाकि रहेको सहजकर्ता सापकोटाले बताउनुुभयो ।

  नगरमा बसोवास गर्ने ८० वर्ष पुुरा भएका विपन्न नागरिकहरुलाई छनोट गरेर वडा मार्फत बितरण गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुुभयो । चिसोको मौसम बढेकोले न्यानो कम्बलले वृद्धवृद्धाहरुलाई सहज हुने उहाँले बताउनुुभयो । जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण कार्यक्रम प्रभावकारी भएको वडा ७ का अध्यक्ष अनुुपकुमार चौधरीले बताउनुुभयो । गरिव भएका कारण जाडोमा कठ्याग्रिएका वृद्धाहरुलाई कम्बल पाएपछि उनीहरुलाई सहज भएको चौधरीले बताउनुुभयो ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६