अर्थ-वाणिज्य

स्वर्गद्धारी: खानेपानी समस्या समाधानका लागि लिफ्टीङ गर्ने निर्णय



प्यूठान १६ माघ । खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ ।मन्त्रालयले हिजो त्यस्तो निर्णय गरेको हो । त्यसअघि स्वर्गद्धारीमा रहेको खानेपानी समस्या समाधानसम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखहरुसहितको टोलीले स्वर्गद्धारीमा पुगेर छलफल गर्नुभएको थियो ।

स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधी, स्वर्गद्धारी आश्रमका प्रतिनिधीहरुसँगको छलफलपछि लिफ्टिङ गरेर स्वर्गद्धारीमा खानेपानी पुर्‍याउने निर्णय गरेको मन्त्री थापाले जानकारी दिनुभयो ।स्वर्गद्धारीमा दैनिक तीन सयको हाराहारीमा धार्मिक पर्यटक पुग्ने गर्छन् । स्वर्गद्धारी आश्रममा करिब चार सय परिवारको बसोबास छ । स्वर्गद्धारी आश्रमले त्यहाँ ४ सय ६० वटा भन्दा बढी गाई पाल्दै आएको छ ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६