अर्थ-वाणिज्य

क्रसर तथा खानी उद्योग महासंघको साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा सुरु



बुटवल १६ माघ । नेपाल क्रसर तथा खानी उद्योग महासंघ सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा शुक्रबारदेखि सुरु भएको छ । महासंघको आगामी ३ वर्षका लागि नेतृत्व चयन गर्ने गरी सुरु भएको महाधिवेशनमा देशरका ४ सय बढी व्यवसायी प्रतिनिधीहरुको सहभागीता रहेको छ ।महाधिवेशनको लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेसका प्रमुख सचेतक फकर उदिन खाँले गरेका छन् । महाधिवेशनमा सहभागीहरुलाई स्वात गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष सिताराम न्यौपानेले क्रमसर क्षत्रमा व्यवसायीहरुको लगानी असुरक्षीत हुने गरेको गुनासे गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

क्रसर उद्योगहरुको नविकरण रोकेको सरकारले छिट्टै नविकरण प्रक्रिया अगाडी बढाउन उनले माग गरे ।यसैगरी महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द ज्ञवालीले मापदण्डका नाममा क्रसर उद्योगीहरुलाई अन्याय गरेको गुनासो गरे । करोडौ लगानी गरेका क्रसर उद्योगहरुलाई मापदण्डका नाममा अवैध ठहर गर्ने सरकारको नीतिले आफूहरुले परिचय दिन समेत गाह्रो हुने गरेको उनको गुनासो थियो । व्यवसायीक क्षेत्रमा भएका समस्या समाधानका लागि सबै उद्योगी व्यवसायीक एक हुनका लागि समेत उनले आह्वान गरेका छन् ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६