जीवनशैली

पहिलो पाईलाद्धारा बुद्धभुमिका २ सयबढि बालवालीकालाई न्यानो कपडा हस्तान्तरण



कपिलवस्तु १७ माघ । पहिलो पाईला नेपाल केन्द्रिय कमिटी, पहिलो पाईला नेपाल बुटवल शाखा र बुद्दभुमि नगरपालीकाको संयुक्त आयोजनामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । न्यानो माया अभियान अन्र्तगतको न्यानो कपडा वितरण कार्यक्रम बुद्धभुमि नगरपालीका वडा नं. ८ स्थित श्री आधारभुत विधालयमा अध्यन्नरत २ सय बढि विधार्थीलाई सुईटर, मोजा ,टोपि लगायतका न्यानो कपडा वितरण गरिएको हो ।विधालयमा अधिकाशं गरिव,विपन्न परिवारका वालवालिकाले अध्ययन गर्दै आएका छन् ।

कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै बुद्धभुमि नगरपालीका नगरप्रमुख केशव कुमार श्रेष्ठले विधालय स्तर उन्नितका लागी नगरले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जिल्ला बाहिरको संस्थाले नगर भित्रको विधाललाई सहयोग गरेकोमा जुझारु युवालाई उहाँले धन्यवाद समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख प्रसाद भट्टराईले विधालय व्यवस्थापन समिति गठनका लागी पहल गरि विधालयमा आवश्यक भौतिक पुवार्धार विकासमा पहल गर्ने बताउनुभयो ।

पहिलो पाईला नेपाल केन्द्रिय सचिव विनोद महतको स्वागत ,बुटवल शाखाका सचिव पारस मरासिनीको सञ्चालनमा भएको कार्यक्रममा केन्द्रिय प्रथम उपाध्यक्ष  बिष्णु महत ,बुटवल शाखाका अध्यक्षद्धय आयुष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कपिलदेव तिवारी ,आधारभुत विधालयका प्राचार्य गोर्कण पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

अहिलेसम्म सरकारी तहबाट कुनै सहयोग प्राप्त नगरेको उक्त विधालयमा गत बर्ष पनि पहिलो पाईला नेपाल बुटवल शाखाले भाग्य बोक्ने झोला कार्यक्रम अन्र्तगत शैक्षिक सामाग्री वितरण गरेको थियो । संस्थाले भाग्य बोक्ने झोला,न्यानो माया अभियान ,सरसफाई अभियान लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रम सफल बनाउन ट्राफिक चोकमा चिया अभियान,विभिन्न व्यक्तिसगं सहयोग स्वरुप आर्थिक संकलन गर्ने गर्दछ ।

प्रकाशित : १७ माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६