जीवनशैली

दोश्रोतहका नेता पनि ध्रुबीकरणमा लागेकाले एकताको संभावना क्षीण :बर्षमान



अर्घाखाँची, १८ माघ । पूर्व उर्जामन्त्री बर्षमान पुनले नेकपाको दोश्रोतहका नेताहरु पनि ध्रुबीकरणमा सामेल भएकाले एकताको पहल हुन नसकेको स्वीकार्नु भएको छ । अर्घाखाचीमा भएको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा नेकपाका दोश्रो तहका नेताले अगुवाई गरेर नेकपालाई फुट्नवाट बचाउन सकिदैन ? भन्न प्रश्नमा दोश्रोतहका नेता पनि ध्रुबीकरण र एक अर्का विरुद्ध प्रयोग भई रहेकाले संभावना क्षीण बन्दै गएको वताए ।

उनले पुर्व उर्जामन्त्री तथा नेकपा नेता बर्षमान पुनले लोडसेडिङको अन्त्य गर्ने श्रेय लिन कसैले भन्दै हिंड्नु नपर्ने बताएका छन् । लोडसेडिङ अन्त्य कसरी र कस्को पालोमा भयो भन्ने सबैले बुझिसकेकाले मैले लोडसेडिङ अन्त्य गरे भन्दै भाषण गर्नु नपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले लोडसेडिङ टोपबहादुर रायमाझीले नभई प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला अन्त्य भएको बताए । कुलमानलाई पनी उहाँहरुकै पालामा नियुक्ती गरिएको उनको भनाई छ । 

कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको हुकुमी सासनका कारण यो अवस्था आईपुगेको बताईन् । उनले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेर प्रधानमन्त्रीले आफुलाई संविधान भन्दा माथी ठानेको आरोप लगाईन् । संसद विघटन गर्ने कुनै प्रावधान नरहेकाले कानुनतः यो स्वतः खारेज हुने उनको भनाई छ ।  

कार्यक्रममा नेकपा स्थाई कमिटी सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवाली, नेता डिलाराम आचार्य, पिताम्बर भुसाल, ठाकुर गैर, पिताम्बर सारु, सुशिला श्रिपाली, प्रेमनारायण गैरे लगायतले बोल्दै ओलीको प्रतिगामी कदमका विरुद्ध एकजुट हुन आव्हान गरेका छन् । 

प्रकाशित : १८ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६