अर्थ-वाणिज्य

ओलीले श्री ३ घोषणा गरे कुनै आश्चर्य मान्नु नपर्ने संसद पन्थीको दावि



कपिलवस्तु १८ माघ । लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले सनकको भरमा प्रधामन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोे आरोप लगाउनु भएको छ । नेपाली जनताको बलिदानी र योगदानले ल्याएको नेपालको संविधान प्रधानमन्त्री ओलीले कुल्चिएको आरोप लगाउनु भयो । मानव अधिकार तथा शान्ती समाज कपिलबस्तुले आयोजना गरेको अन्तर सवाद कार्यक्रममा  सांसद पन्थीले ओलीले प्रधानमन्त्री बन्ने वित्तीकै सबै अधिकार आफुमा केन्दीत गरेको आरोप समेत लगाउनुभयो ।

    उहाले प्रधानमन्त्री केपि ओलीले आफूलाई श्री ३ महाराज घोषणा गर्न सक्ने भन्दै यसलाई कुनै आश्चर्यका रुपमा लिनु नपर्ने वताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै सांसद रिना नेपालले बर्तमान सरकारको पालमा देशमा हत्या, हिंसा, बलत्कार लगाएतका जघन्य किसिमका अपराध बढ्दै गएको औल्याउनुभयो । सांसद नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि आफु सधै लागि पर्ने बताउनुभयो । 

    कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख तारावती चौधरी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनी, नेपाल शिक्षक महासघं कपिलबस्तुका अध्यक्ष देवकला सुवेदी कमाल लगाएतले बोल्दै प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्री कदम विरुद्ध सधै एक्यबद्धता जनाउने बताउनुभएको थियो । 

प्रकाशित : १८ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६