अर्थ-वाणिज्य

अव एक्लै २ तिहाई ल्याउन अर्जुन दृष्टि :सुबेदी



कपिलवस्तु १८ माघ ।नेकपा वाणगंगा नगरमा भएको एक भेलाा बोल्दै नेकपा ओली समुहका  लुम्विनी प्रदेश कमिटिका सदस्य द्रोणराज सुबेदीले अव पछि फर्केर हेर्ने समय नभएको भन्दै अगाडी आएको चुनावमा कसरी नेकपालाई एक्लै २ तिहाईमा पुराउने भन्नेमा अर्जुन दृष्टि लगाउनु पर्ने वताउनु भएको छ । उहाले सरकारले गरेका राम्रा काम जनतालाई वुझाउनु आवश्यकता रहेको बताउनु भएको छ  ।

    केपी ओली सरकारले जनहितमा महत्वपुर्ण काम गरेको तर जनतालाई भ्रममा पारिएको बताउदै भ्रम चिर्न आम कार्यकर्ता लाग्नु पर्ने उहाँले जनाउनु भयो । कार्यक्रममा बोल्दै प्रदेश सदस्य सुर्यकुमारी शाहिले गाउँ गाउँमा गई जनताका समस्या बुझ्न र समाधानमा लाग्नु पर्ने बताउनु भयो । पार्टिको निति कार्यक्रम र सरकारले गरेको कामको बारेमा जनतालाई यर्थात् कुरा वुझाउन जनताको घरदैलोमा जानु पर्ने उहाँले धारणा राख्नु भयो ।

    पार्टिका जिल्ला कमिटि सदस्य एवं वडा नं ४ का वडा संयोजक लोकनााथ  ज्ञवालीले जनतामा पारिएको  भ्रम चिर्दै वडामा भएका समस्या समाधान गर्न लागिने जनाउनु भयो । जिल्ला कमिटि सदस्य मदन शाहिको सञ्चालनमा भेला भएको थियो । 

प्रकाशित : १८ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६