अर्थ-वाणिज्य

संसदको मर्यादा बचाउन विघटन :नेता घिमिरे



कपिलवस्तु १८ माघ ।नेकपाकी केन्द्रिय नेता एवम कपिलवस्तु सह इन्चार्ज विमला घिमिरेले जननिर्वचित सांसदलाई खसीवोका सरह मूल्य वढावढमा खरीद विक्री गर्ने र सत्ता हत्याउने काम हुन नदिन जनतामा जानेगरी केपि ओलीले चालेको कदमले गणतन्त्र थप सुदृढ गर्ने वताउनु भएको छ । । उहाले चुनाव हार्ने तर प्रधानमन्त्री ताक्ने, सत्ता भन्दा वाहिर एकछिन पनि टिक्न नसक्ने र राजनीतिमा पनि सधै नगदमा कारोवार  खोज्ने ३ प्रबृत्तिलाई जनतामा पुराएर  उचित जनफैसला दिलाउन घोषणा गरिएको चुनावलाई प्रतिगमन देख्नेहरु कसरी कम्युनिष्ट हुन सक्छन् ? उहाले प्रश्न गर्नु भयो । उहाले विघटनवाट संसदको मर्यादा बचेको वताउनु भयो 

    अनेमसंघ जिल्ला समिति कपिलवस्तुले आइतवार ४ नं  जितपुरमा  कार्यक्रममा नेता  घिमिरेले यस्तो वताउनु भएको हो । समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै विभिन्न घटनाले बाध्य भएर  प्रतिनिधि सभा विघटन गर्नु परेको बताउनु भयो  । अनेमसंघका केन्द्रीय सदस्य समेत रहनु भएका नेता घिमिरेले  इतिहासमा कुनै पनि प्रधानमन्त्रीले  गर्न नसकेका उल्लेखनिय  काम केपी ओलीले गरेको बताउनु भयो । कार्यक्रममा  केन्द्रीय  सदस्य विश्राम प्रसाद थारुले बोल्दै  एक पटक प्रधानमन्त्री  पाटी नेतृत्व समाली सकेका भुतपुर्बहरु अतालिएर केपीओलीलाई ३ महिना पछि हुने माहाधिबेसन र २ वर्ष पछि हुने निर्वाचन सम्म पर्खन नसकेर पाटीवाट हटाउने षडयन्त्रमा लागेको उहाँले बताउनु भयो । 

    केपी ओलीका पालमा देशमा विकासले ठुलो फडको मारेको र नयाँ नयाँ सपना देखाउने दुरदर्शी नेता रहेको नेता थारुले बताउनु भयो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शान्तिदेवी चमारले  सरकारले अन्तरराष्ट्रिय  विमान स्थाल निमार्ण ,  पुर्व पश्चिम रेलमार्गको थालनी  , भुकम्पवाट भत्कीएका ८ लाख घरहरु पुर्ननिमार्णको अन्तिम चरणमा पुर्याउने जस्ता महत्वपुर्ण काम गरेको बताउनु भयो  ।  केन्द्रीय सदस्य शारदा शर्माले बोल्दै पुर्व पश्चिम राजमार्ग ४ लेण्डको , मध्य पहाडी मदनभण्डारी राजमार्ग, पुस्पलाल मार्ग र हुलाकी राजमार्ग काम सुचारु गर्ने काम सरकारले गरेको बताउनु भयो ।

    अनेमसंघका सचिव चेतना अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य शुशिला दर्लामीले बोल्दै अब संगठन बलियो बनाउन र जनतालाई यर्थात् कुरा बुझाउन गाउँ अभियान थाल्नु पर्ने बताउनु भयो ।  वैठकले समितिमा थप सदस्य बिस्तार गर्दै जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकामा जिम्मेवारी प्रदान गरेको छ । 

प्रकाशित : १९ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६