अर्थ-वाणिज्य

बुद्धसंग सम्बन्धित ४ प्रमुख स्थलको पबित्र माटो स्पेन पठाइयो



कपिलवस्तु १९ माघ । कपिलवस्तु रुपन्देही र नवलपरासीमा गरी बुद्धसंग सम्बन्धित महत्वपुर्ण चार स्थलको पबित्र माटो स्पेन पठाइएको छ । बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनी, क्रिडास्थल कपिलवसतुको तिलौराकोट, मावली देवदह र अस्टधातु राखिएको नवलपरासीको रामग्रामको माटा स्पेन पठाइएको हो । लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको कोशेरेसमा गराउन लागेको बुद्धमुर्ती सहितको लुम्बिनी गार्डेन परियोजनाका लागि माटो पठाइएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बताए । 

नेपाल र लुम्बिनी एवम बुद्धसंग पालिकाहरुको पर्यटन,कृषि, स्वास्थ्य,शिक्षा,वातावरण,खेलकुद लगायतका क्षेत्रको विकासमा सहयोगकालागि पबित्र माटो स्पेन पठाइएको उनले बताए । ‘अन्तर्राष्ट्रिय आर्थिक प्राविधिक सहयोग र अनुभव आदान प्रदानका लागि माटो पठाइएको हो ’उनले भने । विश्व शान्तिका दुत भगवान गौतम बुद्ध जन्मेको एवं सर्बोच्च शिखर सगरमाथाको देश नेपाल भनि  अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र पर्यटन भित्राउन यो कदमले मद्दत मिल्छ ’ उनले भने । नेपाल र  स्पेन सङ्गको सम्बन्ध थप संस्थागत हुने उनले बताए ।

 चार स्थानमा रहेको महत्वपुर्ण स्थलको माटो भिक्षुबाट ग्रहण गरी ती पालिकाका मेयरले माटो स्पने पठाएका हुन । लुम्बिनीको माटो लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु त्रिपाठी र  लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर महनमोहन चौधरीबाट ग्रहण गरेका थिए । यस्तै तिलौराकोटको माटो कपिलवस्तु नगरपालिका मेयर किरण सिंह, देवदहको माटो देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री र रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्तावाट लिएका थिए । शान्ति भुमीको  पबित्र माटोवाट कोशेरेसमा बुद्ध मुर्तिको साथमा राखी पुजा गरिनेछ ।

प्रकाशित : १९ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६