अर्थ-वाणिज्य

बालबालिकालाई भत्ता, नागरिकता विहिन आमालाई नागरिकता



कपिलवस्तु २० माघ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० बस्ने ममता यादव अहिले ३१ वर्ष की हुनु भयो । उहाँको बिहे भएको १३ वर्ष पुग्यो । अहिले उहाँको २ छोरा र १ छोरी रहेका छन् । ठुलो छोरा १२ वर्षको हुनुभयो , छोरी ५ वर्ष र सानो छोरा ३ वर्ष । तिन जना सन्तानका जन्म दर्ता बनेको छ । पति हजारी यादवको नागरीकता बनेको १५ वर्ष भयो । ममता सँग नेपाली भएको कुनै प्रमाण नै छैन । नागरिकता त परै जाओस् , उहाँको जन्म दर्ता , विवाह दर्ता समेत बनेको छैन । कपिलवस्तुका मधेसी भेगका धेरै महिलाहरु नागरिकता बनेका छैनन् ।

सम्पतीमा हक नलागोस् भनेर मधेसी समुदायमा महिलाका नागरिकता बनाउनका लागि चासो दिँदैनन् । सरकारले ५ वर्ष देखी मुनीका सबै बालबालिकालाई पोषण भत्ता दिने भए पछि ममता समेत खुसीले हुरुक्क हुनु भएको छ । पुस २२ गते देखी कपिलवस्तु लगायत देशभरीका ११ जिल्लामा ५ वर्ष मुनीका बालबालिकाले वालपोषण अनुदान बापत मासिक रु ४ सय पाउने भएका छन् । ममताको कान्छा छोरा अमरेन्द्रले पोषण भत्ता पाउने भए पछि बल्ल उहाँको नागरिकता बन्ने भएको छ । यती बेला ममता जस्तै सयौँ आमाहरु नागरीकता लिनका लागि जिल्ला प्रशासन कार्यालय धाउनु भएको छ ।  

स्थानीय सरकारले पोषणभत्ता लिनका लागि बच्चाको जन्मदर्ता सँगै आमा र बुवाको नागरिकता मागेपछि अहिले हजारौँ मधेस मूलका आमाहरुको नागरिकता बनाउने चाँजोपाँजो सूरु भएको छ । नागरीकता लिनका लागि कपिलवस्तु नगरपालिका वडा नं. १ कि सिमा कोहाँरले आइतबार आफ्नो माइती घर कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ११ बलरमवापुर पुगेर जन्म दर्ता बनाउनु भएको छ । सोमबार विवाहदर्ता गरी नागरिकता बनाउन जिल्ला सदरमुकाम तौलिहवा जाने तयारी गर्नु भएको छ । नागरीकता बन्ने भए पछि कोहाँरले खुसी हँुदै भन्नु भयो ‘ छोराको पोषण भत्ताका पाउने र उही कारणले मेरो नागरीकता बनाउन पाएकोमा सरकार सँग खुसी भएको छु । 

वालपोषण अनुदानका लागि आमाको नागरीकता अनिवार्य गरे पछि यती बेला कपिलवस्तुमा मधेसी समुदायका महिलाको नागरिकता लिनेको घुइँचो बढेको छ । अघिल्लो साता सम्म दैनिक एक सयका हाराहारीमा नागरिकता लिने सेवा ग्राहीको भिड हुन्थ्यो । ती मध्ये औसत १० जना मधेसी समुदायका महिला हुन्थे । अहिले दैनिक ३ सय बढी सेवाग्राही आउन लागेका छन् । दुई सय भन्दा बढी सेवाग्राही मधेसी महिला रहेका छन् ।

अहिले यो संख्या दैनिक रुपमा बढ्न थालेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो । नागरिकता बनाउनेको संख्या बढ्न लागे पछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमवार देखी समय थप गरेको छ । भिड कम नहुँदा सम्म नागरीकता लिनका लागि बिहान ७ बजे देखी ५ बजे सम्म नागरिकता प्रदान गर्न कार्यालय खुल्ने भएको छ । चाँप बढे पछि भिड कम गर्न र कोरोनाको जोखिम कम गर्न टोकन प्रणाली र समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो । 

सरकारको योजनाले मधेसमा समयमा व्यक्तिगत घटना दर्ता गर्नेको प्रचलन बढ्ने कपिलवस्तु नगरपालिका वडा नं. १ का अध्यक्ष सुदीप पौडेल बताउनु हुन्छ । वालपोषण अनुदानका कारणले वर्षै देखी नागरिकताबाट वन्चित भएका महिलाले नागरीकता पाउन सुरु गरेका छन् । यसले मधेसी समुदायका महिलाको जीवन स्तरमा फाइदा पुग्ने छ, अध्यक्ष पौडेलले बताउनु भयो ।

कपिलवस्तु स्थानीय संस्था माहुरी होमले ५ वर्ष अगाडी गरीएको सर्वेक्षणले महिलाको नागरिकता बने पछि सम्पतिमा हक लाग्ने भएको हुँदा अधिकांश महिला नागरिकता पाउनबाट वन्चित भएको सामाजिक अभियन्ता रवीन्द्रनाथ ठाकुरले बताउनु भयो । महिलाका नाममा जग्गा रजिस्ट्रेसन गर्दा शुल्क नलाग्ने व्यवस्था भए पछि केही शिक्षित परिवारले महिलालाई नागरिकता बनाउने प्रचलन सुरु भएको थियो । अहिले वालपोषण अनुदानका कारण सामान्य नागरिकले समेत महिलाको नागरीकता बनाउने लहर चलेको छ । सरकारका यस्ता योजनाले तराई मधेसका जनता लाभान्वित हुने ठाकुरले बताउनु भयो । 

प्रकाशित : २० माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६