अर्थ-वाणिज्य

उद्योग वाणिज्य संघमा घिमिरेले अलग्गै प्यानल घोषणा गरे



कपिलवस्तु २० माघ । कपिलवस्तु  उद्योग बाणिज्य सघंको चुनावी माहोल बढि रहदा नेपाली कांग्रेसले अध्यक्षमा डोलकराम घिमिरेलाई उठाएको छ । मंगलबार पत्रकार सम्मेलन गरि अध्यक्ष पदका प्रत्यासी घिमिरेले बाणगंगालाई औद्यागिक क्षेत्र घोषणा गर्ने बताउदै विगत देखी आफू उद्योगी ब्यवसायिहरुको हक हितको पक्षमा वकालत गर्दै आएकोले अत्याधिक मत दिएर उद्योगी बाणिज्य संघको अध्यक्षमा पदमा बिजयी गराउन अपिल गर्नुभयो ।नेपाली काग्रेस बाणगंगा नगर समितिले बिगत केही दिन देखि छलफल गरी रहेको थियो ।

    सहमती हुने सम्भावना कम भएपछि नेपाली कांग्रेसले कपिलवस्तु उद्योग बाणिंज्य संघको चुनावका लागी सबै पदमा मंगलवार पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ । जसमा बरिष्ठ उपाध्यक्षमा  लक्ष्मण अधिकारी ,उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे ,बाणिंज्य उपाध्यक्षमा , खुमानन्द घिमिरे महासचिवमा  मनोज पौडेल ,कोषाध्यक्षमा बिनोद पन्त ,सचिवमा शंकर प्रसाद न्यौपाने ,सह कोषाध्यक्षमा  सेराज अहमद ,महिला उपाध्यक्षमा  इन्दिरा तिमिल्सीना ,महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेल ,एसोसियट उपाध्यक्षमा टोपनारायण भण्डारी , सदस्यमा लक्ष्मण भुसाल र मनोज बानिया रहनु भएको छ ।

    यस्तै वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल ,लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्तलाई चुनावी मैदानमा लडाउने नेपाली काग्रेस पक्षले निर्णय गरेको हो ।

प्रकाशित : २० माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६