बुटवल २१ माघ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गरेकी छिन । देशभरबाट चार लाख ३२ हजार विद्यार्थी मध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलमा विज्ञान संकायकी छात्रा सुम्निमाले सर्वाधिक अंक हासिल गर्नुभएको हो ।सिम्बोल नम्बर २४९०११८८ रहेकी सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा १.५६ अंक गरी ए प्लस ग्रेड सहित जीपीए ४ हासिल गरेको विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनालले बताउनुभयो ।
हालसम्म सुम्निमाको मात्रै जीपीए ४ अंक हासिल भएकोले उहाँ नेपाल प्रथम भएको विद्यालयको दावी छ । आफ्नो निरन्तरको मेहनत, विद्यालय, शिक्षक र परिवारको सहयोगको कारण आफूले यो नतिजा प्राप्त गरेको सुम्निमाले बताउनुभयो ।उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् । त्यस्तै विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३.९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३.८४ जीपीए हासिल गरेका खनालले बताउनुभयो ।
प्रतिक्रिया