रुपन्देही २१ माघ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले तीन बर्ष भित्रै प्रदेशका सवै घरमा एक घर एक धारा पु¥याउने प्रतिवद्धता जनाउनु भएको छ । मन्त्री चौधरीले प्रदेशका १२ वटै जिल्लामा खानेपानी समस्याको दिर्घकालीन समाधानका लागि एक घर एक धारा अभियान चलिरहेको बताउँदै खानेपानीका लागि घण्टौ हिँडेर पानी बोक्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।
बुटवल १२ स्थित तामनगर राजपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १२ औं बार्षिक साधारण सभा तथा नवनिर्मित कार्यालय भवनको सोमवार उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेश र संघबाट हस्तान्तरण भई आएका एक हजार तीनसय बढी खानेपानी योजना प्रदेशमा निर्माण भैसकेको भन्दै अवको तीन बर्ष भित्रै खानेपानीको समस्या समधान हुने बताउनुभयो ।
उहाँले खानेपानी संस्थाहरुको स्तरबृद्धि गर्दै नागरिकलाई सर्वसुलभ पानीको पहुँच पु¥याउन प्रदेश सरकार लागिपरेको समेत बताउनुभयो । मन्त्री चौधरीले प्रदेशभर सञ्चालनमा रहेका खानेपानी योजनाका लागि प्रदेश सरकारको बजेट कम हुने बताउँदै संघबाट बजेट थप गरी योजनालाई समयमै सम्पन्न गराउने समेत प्रतिबद्धता जनाउनुभयो ।
प्रदेशबाट सञ्चालित ६ सय बढि आयोजना र संघबाट हस्तान्तरण भइ आएका करिव सातसय आयोजना क्रमशः तीन बर्ष भित्र पूरा गर्ने मन्त्री चौधरीको भनाई छ ।कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगिकुटीका कार्यालय प्रमुख राजकुमार चौधरीले उपभोक्तालाई स्वच्छ खानेपानी सर्वसुलभ रुपमा उपलब्ध गराउन आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष जितबहादुर राहादीले खानेपानीको पाईप लाइनलाई अझै विस्तार गर्दै धेरै उपभोत्ताहरुलाई सेवा दिने बताउनुभयो ।
उहाँले खानेपानी तथा सरसफाईका क्षेत्रमा संस्थाले उल्लेख्य काम गरेको बताउदै आगामी दिनमा स्थानिय र प्रदेश सरकारसंग समन्वय गरी कार्य गर्ने बताउनुभयो । सो अवसरमा मन्त्री चौधरीले २९ लाखको लगानीमा निर्मित भएको कार्यालय भवन समेत उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया