काठमाण्डौ २१ माघ । कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई आईएमईले सहयोग गरेको छ ।कोरोना भाइरसको महामारीका कारण विदेशमा ज्यान गुमाउनेका परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको आईएमईले जनाएको छ ।आईएमई ग्रुपद्वारा मंगलबार प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रदेश नं. २ का मूख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीहरुलाई चेक हस्तान्तरण गर्नुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आईएमईले उत्तरदायित्व स्वरुप प्रदान गरेको भरोसा कोषको लागि प्रदेश सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । वैदेशिक रोजगारका सिलसिलामा विदेशमा गइ काम गर्दै गर्दा कोरोनाका कारण ज्यान गुमाएकाहरुलाई सानै भए पनि सहयोग रकम वितरण गरेर आईएमईले आफ्नो दायित्व पूरा गरेको बताउँदै प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने धेरै भएको बताउनु भयो ।कोषबाट आवेदकहरूलाई जनही ५० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ ।
प्रतिक्रिया