प्रदेश

नेपाली पत्रकारीताको स्तर उकासियो तर ? :अध्यक्ष आचार्य



रुपन्देही २२ माघ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले एक्काइसौ सताब्दीको विश्ववाट धेरै कुरामा आमुल परिवर्तन संभव भएपनि पत्रकारीताको चिन्तन गर्ने स्तरमा बदलाव अपेक्षाकृत नआएको वताउनु भयो । उहाले जनताको जीवनस्तर उकास्न राजनैतिक कार्यकर्ताको भन्दा बढी हात मिडिया कर्मीको हुन्छ भन्दै त्यो अनुभूती दिलाउन अव चुक्न नहुने स्पष्ट पार्नु भयो ।

    पत्रकार महासंघमा आवद्ध पत्रकार जस्तोसुकै कठिन अवस्थामा पनि मर्यादित पत्रकारिता र पेशागत दायित्वबाट विचलित नहुन पत्रकारहरुलाई आग्रह गर्नुभयो  । विगतमा भन्दा अहिले पत्रकारिता  व्यवस्थीत भईरहेको भन्दै उहांले पत्रकारहरु पेशागत दायित्वबाट कहिल्यै भाग्न नमिल्ने बताउनुभयो ।नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभालाई बुधवार सम्बोधन गर्दै अध्यक्ष आचार्यले नेपालमा नागरिकका आवाज बोल्ने सबैभन्दा पुरानो संस्था पत्रकार महासंघ नै भएको दावी गर्दै नागरिकको आवाज बोल्ने दायित्वबाट महासंघ कहिल्यै पनि नपन्छिने बताउनुभयो ।


    अध्यक्ष आचार्यले अहिले महासंघमा महिला, दलित, आदिवासी मधेशी लगायतका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरेको र अझैपनि साझा चरित्रको महासंघ बनाउने अभियानमै रहेको बताउनुभयो । अध्यक्ष आचार्यले महासंघले गरेको पटकपटकको दवावपछि सरकारले सरकारी विज्ञापनको १० प्रतिशत रकम राखेर पत्रकार कल्याणकारी कोष खडा गरेको उल्लेख गर्दै पत्रकार र महासंघको दवावकै कारण सबै मिडियालाई समानुपातिक विज्ञापन वितरण गर्ने वाध्यात्मक अवस्था श्रृजना भएको बताउनुभयो ।

    कार्यक्रममा महासंघका केन्द्रिय सचिव रामप्रसाद दाहालले पत्रकार महासंघ पत्रकारहरुको हित र अधिकारकै लागि सदैव लागिपरेको बताउनुभयो ।महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केशी, संविधानसभा सदस्य बिनोद पहाडी, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, महासंघका पुर्व अध्यक्ष डिआर घिमिरेले भनाई राख्नुभएको थियो 

     सल्लाहकार हरी लम्साल, सञ्चारिका समुह लुम्बिनीका महासचिव अमृता अनमोल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, पश्चिमाञ्चल यातायात व्यवसायी प्रालीका अध्यक्ष यमप्रसाद पाण्डे, रोडाढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।महासंघका उपाध्यक्ष दिनेश पाण्डेको स्वागत तथा सचिव रामप्रसाद आचार्यको संचालनमा सम्पन्न भएको साधारणसभाले सचिव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६