जीवनशैली

कपिलवस्तुमा पहिलो चरणमा कतिले लगाए कोरोना विरुद्धको खोप ?



कपिलवस्तु २३ माघ । कपिलवस्तमुा कोरोना बिरुद्धको पहिलो चरणको १० दिने खोप अभियानमा २ हजार २१६ जनाले खोप लगाएका छन । अगपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्यमसेविका सफाईकर्मी, एम्बुलेन्स चालक कारागारका कैदीबन्दी र सुरक्षाकर्मीले पहिलो चरणमा खोप लगाएका हुन । 

   जिल्ला स्वास्थय कार्यालयद्धारा कोरोनाको पहिलो चरणको प्रगति बिबरण सार्वजनिक गर्न आयोजित अन्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले सो जानकारी गराउनु भएको हो । जिल्लालाई कोभिशिल्ड नामक कोरोनाको खोप ४५ सय भाईल प्राप्त भएको थियो । खोपकालागि २ हजार ४३ जनाको लक्ष्य तोकिएको थियो ।  

   महिला स्वयमसेबिका ६ सय ४७ जना, स्वाथ्यकर्मी ६ सय ९७ जना, सरसफाईकर्मी ९९, स्वास्थ्य संस्थाका अन्य कर्मचारी ९९, सव ब्यवस्थापन मा खटिने सुरक्षाकर्मी ७९, कपिलवस्तु कारागारमा रहेको कैदीबन्दी र सुरक्षाकर्मी ४ सय ४२ जनालाई खोप लगाइएको छ । पहिलो चरणमा ३ वटा खोप केन्द्र र ९ वटा स्टेलाई केन्द्र खडा गरिएको थियो । प्रजिअ दीर्घ नारायण पौडेलको संयोजकत्वमा रहेको कोरोना समन्वय तथा अनुमगन समितिले अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरफाईएकर्मी सुरक्षाकर्मीलाई खोप दिने निर्णय गरेको थियो। 

    कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले कोरोना खोपको पहिलो चरणको अभियानमा कपिलवस्तु नेपाल कै तेश्रो स्थान हासिल गरेको बताउनु भयो  । सो अवसरमा कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले खोप लगाएको मध्ये कसैलाईै पनि ठुलो असर नपरेको जानकारी दिनु भयो । उहाले सामान्य रिंगटा र ज्व।रो आउने र थकान महसुस हुने बाहेक अन्य केही नभएको वताउनु भयो । 

  पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा २८ दिन पछि फेरी खोप लगाईने छ । प्रजिअ दीर्घ नारायण पौडेलले कपिलस्तुमा पहिलो चरणको खोप अभियान सफलतापुर्वक संपन्न भएको बताउनु भयो । उहाले अभियानमा सबैले राम्रो साथ दिएको स्पष्ट पार्नु भयो । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले कोरोना खोपमा कपिलवस्तुले राम्रो स्थान हासिल गरेको बताउनु भयो  ।

  जिल्लामा खोपको अवस्था कामजोर भएको भन्दै आगामी बैशाख भित्र खोपको पहुच र उपभोगलाई बढाई जिल्लालाई पुर्ण खोपयुक्त घोषणा गर्न अभियान चलाइएको बताउनु भयो । कार्यक्रम प्रअिज पौडेलको अध्यक्षता र उमेश घिमिरेको संचालनमा भएको थियो । 

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६