अर्थ-वाणिज्य

उद्योग बाणिज्य संघमा चुनावी तालिका सार्वजनिक,कहिले के के हुदैछ ?



कपिलवस्तु २४ माघ।कपिलवस्तु उद्योग वाणिज्यसंघमा निर्वाचनकालागि तालिका सार्वजनिक गरिएको छ । जस अनुसार आज शनिवार उम्मेदवारी दर्ता हुने भएकोछ । आइवार सम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएकोछ भने सोमवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मंगलवार चुनाव हुने भएको निर्वाचन समितिका संयोजक रविराज आचार्यले वताउनु भएको छ । जस अनुसार टोप नारायण बेल्वासे अध्यक्ष रहेको नेकपा समर्थित एक प्यानल र डोेलकराम घिमिरे अध्यक्ष रहेको नेपाली कांग्रेस समर्थित अर्काे प्यानल बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । 

      खास गरी नेकपा समर्थित प्यानलमा स्वतन्त्र उम्मेदवारी दिने पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका उद्योगी  नेत्र पाण्डेलाई नेकपा नेतृत्वले परामर्श गरी ब्याक गराएकोछ । आगामी दिनमा उचित स्थान दिने आश्वासन पाएपछि पाण्डेले उम्मेदवारी नदिने सहमति भएको वताइएको छ । तर कांग्रेस समर्थित मोर्चाका उम्मेदवारलाई असर पर्न सक्ने गरि बरिष्ट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रमेश चन्द्र भुसालले भने अहिले सम्म र्फिा लिने कुनै संकेत देखिएको छैन । 

     दुबैपक्षले चुनाव जित्ने दावि कायम राखेकै बीच ब्यावसायीमा सिंगो प्यानल एउटै समुहवाट नल्याउने गरी क्रमभोटिङको संभावन रहेको अगुवा ब्यवासायीहरु वताउछन् । श्रोतका अनुसार नेकपा समर्थित प्यानलमा अध्यक्षमा बेल्वासेको जीत जति सहज देखिएको छ अन्य पदाधिकारीमा भने त्यति ढुक्क हुने वाताबरण नवनेको विष्लेषण हुन थालेको छ । 

प्रकाशित : २४ माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६