कपिलवस्तु २५ माघ । नेकपाको प्रचण्ड नेपाल पक्षका युवा तथा विद्यार्थीहरुको जिल्ला भेलाले अनेरास्ववियु कपिलबस्तु जिल्ला सम्मेलन आयोजक कमिटी र राष्ट्रीय यूवासंघ नेपालको सम्मेलन आयोजक कमिटी गठन गरेको छ । जस अनुसार शिव बन्जाडेको संयोजकत्वमा २ सय ५१ सदस्यीय यूवासंघको कमिटी गठन गरेको हो । जसको सहसंयोजकमा विनोद भट्टराई रहनु भएको छ ।यस्तै दिपक अनुरागीको संयोजकत्व र हरिषचन्द्र खनालको सहसंयोजकत्वमा १ सय ९१ सदस्यीय अनेरास्ववियू जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।
सिद्धार्थ क्याम्पस बुङचीमा आयोजित भेलामा पूर्वमन्त्री एवम स्थायी कमिटी सदस्य चक्रपाणी खनाल बलदेवले बोल्दै यूवा र विद्यार्थी कम्युनिष्ट उत्पादनका कारखाना भएकाले सही उत्पादन गर्न आग्रह गर्नु भयो ।प्रदेश सांसद विष्णु पन्थीले देश यूवा र विद्यार्थीले हाक्ने दिन आउने वताउदै उर्जावान वनेर काम गर्न आग्रह गर्नु भयो । अनेरास्ववियूकी केन्द्रिय नेतृ आरती लामाले यूवा र विद्यार्थीको समय प्राय जसो आन्दोलन र परिवर्तनको संवाहक बन्नेमा वितेको स्मरण गर्दै अव निर्णायक लडाई लड्ने वताउनु भयो ।
सो कार्यक्रममा सुरेन्द्र बस्नेत , सरिता श्रीस, नारायण खनाल लगाएत प्रदेश कमिटी सदस्यहरुको समेत उपस्थिती रहेको थियो । कमल भटट्राई अध्यक्षता रहेको कार्यक्रममा स्वागत मनतव्य शुशिल पौडेलले राख्नु भएको थियो भने शुशिल खत्रीले संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया