प्रदेश

भारतको उत्तराखण्डमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आयो,क्षति बारे यकिन हुन् बाकी



काठमाण्डौ २५ माघ । भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ ।हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको आशङ्का गरिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर हराइरहेका छन् ।  यस नदी आसपासका गाउँका मानिसहरुलाई त्यहाँबाट अन्यत्रै सारिँदै गरेको बीबीसीले जनाएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ लाग्नुभएको बताइएको छ । उहाँले ट्वीट गर्दै अफवाह नफैलाउन ध्यान दिँदै पुरानो भिडियो शेयर नगर्न आग्रह गर्नुभएको छ ।चमोली प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले लेखेको छ, ‘तपोवन क्षेत्रमा एक हिमताल फुट्दा ऋषि गङ्गा जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ । अलकन्नदा नदीको किनारमा रहेकाहरूलाई चाँडोभन्दा चाँडो सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ ।’ यस घटनामा के–कति क्षति भयो भन्नेबारेमा यकिन भइसकेको छैन ।  

प्रकाशित : २५ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६