कपिलवस्तु २५ माघ । उद्योग वाणिज्य संघको नेतृत्व हुत्याउनका लागि उद्योगिहरु इति बेला कम्मर कँसेर लागि रहेका छन् । सबेरै देखि राती अबेरसम्म उद्योगी व्यवसायिहरु संघका सदस्यहरु संगको घेटघाटमा व्यस्त छन् । सहमती गर्ने लामो कसरत सफल नभएपछि व्यवसायीहरुलाई मत तान्न मै भ्याई नभ्याई छ । उमेद्धारहरु प्रतिवद्धता घोषणा गर्न मै व्यस्त छन् ।
नेकपा समर्थित बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्धवार छबि रेश्मी मगरले सबै ब्यवसायिका पिरमर्का बुझिरहेको बताउदै ब्यवासयिहरु संग सहकार्य गरि कपिलवस्तुमा उत्कृष्ट कार्य गर्दै जाने बताउनु हुन्छ । औद्योगिक करिडोरका लागि सम्बन्धित निकाय संग समन्वय गरि काम अघि बढाउने , ब्यवसायिहरुको लगानीको सुनिश्चितता गर्दै ब्यवसायीहरुको कर्जालाई सदुपयोग गरि ब्यवस्थित ढंगले अघि बढ्ने बताउनुभयो । सरकारका दिने कर्जा र अनुदान प्रायजसो ठूला ब्यापारीहरुले मात्र लिईरहेका बताउदै अब साना ब्यापारीहरुलाई पनि ति कर्जा र अनुदान दिनका लागि बिशेष पहल गर्ने रेश्मिको प्रतिवद्धता छ ।
सोहि प्यानलका महासचिबका पदका उम्मेद्धवार कुशल पौडेलले आफूहरु निर्वाचित भएमा पहिलो प्राथमिकता ब्यवसायिहरुका हकहितका लागि लड्ने पहिलो काम हुने भनाई छ । आफ्ना थुप्रै प्रस्ताब र योजनाहरु रहेको बताउदै कृषि र स्थानिय उत्पादनलाई प्रबद्र्धन गर्दै अघि बढ्न,े बिभिन्न राष्ट्रिय अन्तष्ट्रिय एक्सोपहरुमा भाग लिन प्रोत्साहन गर्ने बताउनुभयो । प्रबिधिको अधिकतम प्रयोग गरि उद्योगी ब्यापारीका समस्या समाधान तर्फ लाग्ने पनि पौडेलको तर्क छ ।
नेपाली कांग्रेश समर्थित प्यानलका महासचिब पदका लागि अर्का प्रत्यासी मनोज पौडेलले अध्यक्षले प्रस्तुत गरेका प्रतिबद्धताहरुमा आफू पूर्ण रुपमा क्रियशिल भएर काम गर्ने बताउनुभयो । संस्थागत र ब्यवसायिका हकहित क्षेत्रमा काम गर्ने जनाउनुभयो ।
नेकपा निकट उद्योगी व्यवसायी प्यानलका पदाधिकारीहरु र कंग्रेश निकट व्यवसायीका प्यानलका पदाधिकारीहरुले आ आफ्नै प्यानलको जित सुनिश्चित रहेको दावी गरि रहेका छन् । नेपाल कम्युनिष्ट पार्टीको छुटा छुटै समूहबाट अलग अलग उमेद्धारी नआई एउटा प्यानल मात्रै बनेपछि चुनावी अंक गणितमा आफूहरु अगाडी रहेको नेकपा समर्थित उद्योगी व्यापारीहरुको अनुमान छ ।
जे होस यो विषय त अधिवेशनले टुग्याउला नै तर पनि दुवै प्यानलका उमेद्धारहरुलाई हाम्रो सुभकामना छ कि जारी अधिवेशनले वाणगंगाका उद्योगी व्यवसायिहरुको हक हितमा अनवरत रुपमा खटिने नेता छानोस ।
प्रतिक्रिया