चन्द्रौटा २७ माघ । धेरै बनमा बैज्ञानिक ब्यवस्थापन लागु गरेर काटिएका काठको मात्रा अधिक रहेको कपिलवस्तुमा तस्करी उच्च भएको छ । सरकारले काठ विक्रि वितरणको रोक लगाएपछि चोरी तस्करी बढेको हो । कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन बाट चोरी तस्करी भइरहेको अवस्थामा ४६४ क्युफिट काठ फेला पारी बरामद गरेको छ । यस आर्थिक वर्षको ७ महिनाको अवधिमा उक्त काठ नियन्त्रणमा लिइएको साझेदारी बन व्यावास्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले बताउनुभयो ।
सरकारले काठ विक्रि बितरणमा रोक लगाएका कारण चोरी तस्करी बढेको यादवले बताउनुभयो । साझेदारी बन क्षेत्रमा दैनिक रुपमा कर्मचारी र पदाधिकारीले गस्ती गरेका कारण चोरी हुदै गरेका काठहरु नियन्त्रणमा लिन सफल भएको उहाँले बताउनुभयो ।साउन महिनामा साल,सिसौ,टिकको काठ ५८.९४ क्युफिट,भदै महिनामा साल र सिसौको ३१.२८ क्युफिट,असोज महिनामा सालको ८.९१ क्युफिट,मंसिर महिनामा सालको २६.३० क्युफिट,पुस महिनामा साल, सिसौ र बाझी गरी २२०.५८ क्युफिट,माघ महिनामा सिसौको ११८.१३ क्युफिट काठ नियन्त्रणमा लिइएको साझदेरी बन कार्यालयको तथ्याङ्कमा छ । ७ महिनाको अवधिमा कात्र्तिक महिनामा मात्र काठ पक्राउ गर्न नसकिएको उल्लेख छ ।
यस अवधिमा काठ चोरी गर्न प्रयोग गरेका ५ वटा भारतीय मोटरसाईकहरुलाई बरामद गरिएको गौतमबुद्ध साझेदारी वनका सहायक बन अधिकृत संजय मिश्रले बताउनुभयो । बिजयनगर गाउँपालिका अन्तर्गत जबबैराठ,गुगौली,मधवानगर,महुुवा लगाएतका स्थानवाट उक्त काठ नियन्त्रणमा लिइएको मिश्राले बताउनुभयो ।
प्रतिक्रिया