अर्थ-वाणिज्य

सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन



काठमाण्डौ २७ माघ । सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत हो ।संशोधित खर्चमध्ये चालुतर्फ नौ खर्ब १४ अर्ब ७८ करोड र पुँजीगततर्फ दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँ खर्चको अनुमान छ । यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ४६ अर्ब ८६ अर्ब रुपैयाँको अनुमान छ ।साथै राजस्व सङ्कलनको लक्ष्य पनि संशोधन गरेर १० खर्ब ७४ अर्ब ६८ करोड रुपैयाँमा झारिएको छ । अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ॠणतर्फ दुई खर्ब २५ अर्बको अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।यो अनुमान गर्दा वैशाखमा घोषणा गरिएको चुनाव, कोरोना भाइरसविरुद्धको खोप, अनिवार्य खर्चलगायतलाई आधार मानेर संशोधन गरेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६