अर्थ-वाणिज्य

निर्वाचन अपडेट : अध्यक्षमा घिमिरे २३ मतले अगाडी,अव कहाँको मत गन्न वाँकीछ ?



कपिलवस्तु २७ माघ ।  उद्योग बाणिज्य संघ कपिलवस्तुको तेश्रो अपडेट अनुसार प्रगतीशिल प्यानलका टोपनारायण बेल्वासे  भन्दा  लोकतान्त्रिक प्यानलका डोलक राम घिमिरेले २३ मत बढी ल्याउनु भएको छ । भलवाड  पटनाको मत परिणाममा ७ मतले अघि देखिएको लोकतान्त्रिक प्यानले  कोपवा र ओदारी क्षेत्रको सम्पूर्ण मत गणना हुदा   प्रगतीशिल प्यानलका अध्यक्ष उम्मेदवार टोपनारायण बेल्वासेले भन्दा २३ मत बढी ल्याएर अग्रता कायम गरेको छ ।

     निर्वाचन समितिका सदस्य सरोज खनालका अनुसार डोलकराम घिमिरेले १८७ मत र टोपनारायण बेल्वासेले १६४ मत ल्याउनु भएको छ । अन्य पदाधिकारी तर्फ मिश्रित अग्रता रहेको छ ।  यो कडा प्रतिस्पर्धाको अवस्था हो । प्रगतीशिल प्यानलका पडक भएका गजेहडा ,पिपरा, बनगाई , वोडगाउ वाकी नै रहेको र  लोकतान्त्रिक प्यानलको केहि पकड रहेको जीतपुर र बैरीया क्षेत्र वाहेक सकिदै गएकाले  प्रगीशिल प्यानलले अधिकांस पदाधिकारी जित्ने ब्यावसायीहरुले दावि गरेका छन् । 

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६