अर्थ-वाणिज्य

नेपाल बैंकका अध्यक्ष अधिकारीको राजीनामा अर्थ मन्त्रालयद्वारा स्वीकृत



काठमाडौं २८ माघ । नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिनुभएको छ । उहाँको राजीनामा गरेको छ।अधिकारीले गत माघ ५ गते अर्थमन्त्री बिष्णु पौडेल सामु राजीनामा पत्र बुझाएका थिए। अर्थ मन्त्रालयले अध्यक्ष अधिकारीलाई बैंकले गत पुस २९ गते वितरण गरिसकेको १६ प्रतिशत लाभांश घटाउन भने पनि उहाँले राजीनामा दिनुभएको थियो । सरकारले लाभांश घटाउनु भनेपछि नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिनुभयो ।

वितरण भइसकेको लाभांश लगानीकर्ताबाट फिर्ता लिन नमानेपछि उहाँको राजीनामा अर्थमन्त्री पौडेलले माघ २६ गते स्वीकृत गर्नु भएको हो । बैकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गरिसकेको थियो। जसलाई घटाएर मन्त्रालयले ७ प्रतिशत गरी बाँकी सेयर लगानीकर्ताको खाताबाट फिर्ता ल्याउन भनेको थियो।बैंकमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर छ।

बैंकको ठुलो लगानीकर्ता सरकार भएपछि सञ्चालक समिति र नियामकको निर्णयमा हस्तक्षेप गर्न लगानीकर्ताले सैद्दान्तिक रुपमा नै नमिल्ने भएको हुँदा पारित भइसकेको लाभांश घटाउनु परे पदबाटै हटने निर्णय मन्त्रीलाई सुनाउनुभएको थियो ।वितरण भइसकेको लाभांशलाई बैंकले लगानीकर्तासँग फिर्ता लिँदा बैंकको नैतिकतामाथि नै प्रश्न उठ्ने उनको भनाइ छ। अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको शिकार बनेका हुन्।

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६