काठमाण्डौ २९ माघ । अबको तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।पश्चिमी वायुको प्रभावले मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।अस्ति बेलुकादेखि देशको पश्चिमी भू-भाग हुँदै वायु प्रवेश गरेको मौसमी प्रणालीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिजो सामान्य पानी र हिउँ परे पनि अब वर्षाको सम्भावना कम रहेको मौसमविद् मानन्धरले बताउनुभयो। देशका धेरै ठाउँको मौसम बद्ली हुने हुँदा तत्काल तापक्रम नबढ्ने पनि उहाँको भनाइ छ । आज दिउँसोपछि काठमाण्डौसहित देशका धेरै ठाउँहरुमा दिनभरिजसो नै बादल लाग्ने सम्भावना छ । पानी नपरे पनि बादल लाग्दा चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम मौसमविद्को आग्रह छ ।
२९ माघ २०७७, बिहिबार
प्रतिक्रिया