अर्थ-वाणिज्य

सुनको मूल्य फेरि बढ्यो



काठमाडौं ४ फागुन । केहि दिनदेखि नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको छ । सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय कायम गरिएको छ ।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १३४० मा कारोबार भएकोमा आज बढेर तोलामा १३६० पुगेको महासंघले जनाएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६