अर्थ-वाणिज्य

कपिलवस्तुमा भूमी समस्या समाधान आयोग स्थापना :पहिलो चरणमा छ पालिका केन्द्रित



कपिलवस्तु ५ फागुन । कपिलवस्तुका बाणगंगा ,बुद्धभूमी,शिवराज र कृष्णनगर नगरपालिका र विजयनगर सहितका गाउपालिका गरी  ६ पालिकाले संकलन गरेको लगत र अभिलेखका आधारमा पहिलो चरणमा काम थाल्ने गरी स् कपिलवस्तुको तौलिहवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा भूमि सम्बन्धी समस्या समाधान आयोग कपिलस्तुको कार्यालय स्थापना  भएको छ ।

    केही दिन अघि आयोगको संयोजकका रुपमा कषिक्षेत्रको लामो अनुभव भएका पूर्व सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष भै सकेका कृष्ण पौडेल नियुक्त भएपछि कार्यलय शुभारम्भ भएको हो ।  राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले कार्यालयको उदघाटन गर्दै बर्षौ देखि समस्याका रुपमा रहेको सुकुम्बासी लगायतका भुमी संबन्धी समस्या यसपाली खसोखास समाधान हुने बिश्वास ब्यक्त गर्नु भयो ।

    उहाले आयोगले वास्तविक भुमीहीनलाई  जग्गा उपलब्ध गराउन कुनै कसर वाँकी नराख्ने  वताउनु भयो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले वास्तविका सुकृुम्बासीलाइ जग्गा उपलब्ध गराउनु पर्ने माग गर्नु भयो  । सुकुम्बासीका बिषयमा गहन अध्ययन गर्नु पर्ने भन्दै कार्यक्रममा प्रजिअ दीर्घ नारायण पौडेलले भुमी सम्बन्धी समस्यालाई आयोगले चार्डै टुंग्याउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा आयोगका जिल्ला संयोजक पौडेलले दलित र भुमीहीन सुकम्बासीलाई आयोगले पहिलो प्राथमिकतामा राखेको जानकारी दिनु भयो ।

अस्थायी बसोबास, सुकुम्बासी लगातयका बिषयमा पालिकाहरुले प्रमाणिकरण गरी आयोगमा त्यसको बिवरण पठाउने र त्यसकै आधारमा अघि वढ्ने उहाको भनाइछ । उहाले जग्गाको लगत  पालिकाले  संकलन गर्ने स्पष्ट पार्नु भयो  । अयोगका संयोजक पौडेलको अध्यक्षता र जिसस कार्यलय प्रमुख भुमीराम पा्ेख्रेलको संचालनमा कार्यक्रम भएको थियो । सो लगत्र्तै आयोगका जिल्ला कार्य समितिको बैठक समेत संपन्न भएको थियो ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६