कपिलवस्तु ५ फागुन । कपिलवस्तुका बाणगंगा ,बुद्धभूमी,शिवराज र कृष्णनगर नगरपालिका र विजयनगर सहितका गाउपालिका गरी ६ पालिकाले संकलन गरेको लगत र अभिलेखका आधारमा पहिलो चरणमा काम थाल्ने गरी स् कपिलवस्तुको तौलिहवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा भूमि सम्बन्धी समस्या समाधान आयोग कपिलस्तुको कार्यालय स्थापना भएको छ ।
केही दिन अघि आयोगको संयोजकका रुपमा कषिक्षेत्रको लामो अनुभव भएका पूर्व सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष भै सकेका कृष्ण पौडेल नियुक्त भएपछि कार्यलय शुभारम्भ भएको हो । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले कार्यालयको उदघाटन गर्दै बर्षौ देखि समस्याका रुपमा रहेको सुकुम्बासी लगायतका भुमी संबन्धी समस्या यसपाली खसोखास समाधान हुने बिश्वास ब्यक्त गर्नु भयो ।
उहाले आयोगले वास्तविक भुमीहीनलाई जग्गा उपलब्ध गराउन कुनै कसर वाँकी नराख्ने वताउनु भयो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले वास्तविका सुकृुम्बासीलाइ जग्गा उपलब्ध गराउनु पर्ने माग गर्नु भयो । सुकुम्बासीका बिषयमा गहन अध्ययन गर्नु पर्ने भन्दै कार्यक्रममा प्रजिअ दीर्घ नारायण पौडेलले भुमी सम्बन्धी समस्यालाई आयोगले चार्डै टुंग्याउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा आयोगका जिल्ला संयोजक पौडेलले दलित र भुमीहीन सुकम्बासीलाई आयोगले पहिलो प्राथमिकतामा राखेको जानकारी दिनु भयो ।
अस्थायी बसोबास, सुकुम्बासी लगातयका बिषयमा पालिकाहरुले प्रमाणिकरण गरी आयोगमा त्यसको बिवरण पठाउने र त्यसकै आधारमा अघि वढ्ने उहाको भनाइछ । उहाले जग्गाको लगत पालिकाले संकलन गर्ने स्पष्ट पार्नु भयो । अयोगका संयोजक पौडेलको अध्यक्षता र जिसस कार्यलय प्रमुख भुमीराम पा्ेख्रेलको संचालनमा कार्यक्रम भएको थियो । सो लगत्र्तै आयोगका जिल्ला कार्य समितिको बैठक समेत संपन्न भएको थियो ।
प्रतिक्रिया