अर्थ-वाणिज्य

सुन ८९ हजार ८ सय रुपैयाँमा कारोवार



काठमाण्डौ ५ फागुन ।  सुनको भाउ आज ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा झरेको छ ।कोरोना भाइरसको सङ्क्रमणसँगै विश्व बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ । सुनको मूल्यमा आएको अस्थिरताकै कारण कारोबार समेत प्रभावित भएको व्यवसायी बताउँछन् ।व्यवसायीका अनुसार अहिले धेरैजसोले पुरानै गहना बेचेर त्यसबाट आएको पैसामा केही थपथाप गरेर नयाँ गहना बनाउने गरेका छन् भने केहीले जलप लगाएको गहनाको प्रयोग गर्ने गरेका छन् । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हिजोको भन्दा २० रुपैयाँले सस्तो हो  ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६