अर्थ-वाणिज्य

सैनामैनामा अर्गानिक रेष्टुरेण्ट :आफ्नै उत्पादन उपभाक्तालाई पुराउने



रुपन्देही ५ फागुन  आफ्नै खेतवारीका अर्गानिक उत्पादन रेष्टुरेष्टमा ल्याएर पकाएर ग्राहकलाई स्वाद पस्कने गरी रुपन्देहीको सैनामैना–५ गढवामा सुविधा सहितको आर एण्ड आर रेष्टुरेन्ट एण्ड लज बुधवारदेखि संचालनमा आएको छ । होटलको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।सो अवसरमा बोल्दै मेयर कार्कीले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी होटल व्यवसायहरुले गुणस्तरीय सेवा प्रदान गर्नुेपर्ने बताउनुभयो ।

    उहाँले यस क्षेत्रका होटल व्यवसायीहरुले अर्गानिक खाध्यान्न उत्पादन गरेर मौलिक खालका खाना प्रदान गर्न आग्रह गर्नुभयो । होटल व्यवसायीहरुले आफैले उत्पादित गरेर खाद्य परिकार उपभोक्तालाई सेवा प्रवाह गरी सैनामैनालाई अर्गानिक खानपान सँगै मौलिकता आधारमा पहिचान बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।होटल तथा पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड रहेकोले सैनामैनाका होटल व्यवसायीहरु एकिकृत भएर पर्यटन प्रर्वदनमा लाग्नुपर्नेमा प्रमुख काकीले जोड दिनुभयो ।

    बुद्ध जन्मस्थल लुम्बिनीदेखि नजिक सैनामैना क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय ऐतिहासिक महत्व बोकेको क्षेत्रलाई विकास गर्न सके सैनामैनालाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको क्षेत्र बनाउन सकिने उनीहरुले उल्लेख गरे ।मेयर कार्कीले नगरको विकासका निम्ति युवाहरुको साथ सहयोग रहने हुदाँ युवाहरुलाई होटल क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले पर्यटकीय क्षेत्रको विकासमा नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउँदै व्यवसायीक सफलताको शुभकामना दिनुभयो ।

    सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष खेमराज पौडेलले व्यवसायमा सवैभन्दा उत्तम पेशाका रुपमा होटल व्यवसाय हो भन्ने स्थापित गराउन परिवर्तित समयानुसार व्यवसायलाई स्तरवृद्धि गर्नु पर्नेमा जोड दिए ।नेकापा सैनामैनाका अध्यक्ष चेतनारायण न्यौपानेले पर्यटन क्षेत्रमा युवाहरुको प्रयास सराहनिय रहेको भन्दै पर्यटनको विकाससँगै आर्थिक समृद्धिलाई समेत सहयोग गर्ने उनले बताउँदै व्यवसायीक सफलताको शुभकामना दिनुभयो ।

    सैनामैना होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायण सेनले बोल्दै होटलहरुले सेवाको गुणस्तर अभिबृद्धि गराउदै व्यवसाय गर्नुपर्ने बताउँदै व्यवसायीका सफलताको शुभकामना दिनुभएको थियो ।करिब साढे १४ कट्ठा क्षेत्रफलमा होटल सञ्चालन गरिएको आफैले उत्पादन गरिएका अर्गानिक परिकारहरु होटलमा आउने पहुनालाई खानाका परिकार पस्किाने सहित बास बस्नाका लागि समेत उचित व्यवस्थापन गरिएको सञ्चालक संचालक रामु खनालले बताउनुभयो ।

 

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६