ब्रेकिंग न्युज

ई-रेक्सा र अटो रेक्साका स्पीकर प्रहरीको कब्जामा



वाँके ५ फागुन । वडा प्रहरी कार्यालय नेपालगन्जले ध्वनि प्रदुषण विरुद्ध अभियान थालेको छ । सडकमा जथाभावी अन्यलाई असहज गराउने खालको ध्वनि निकाल्ने तथा बजाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।वडा प्रहरी कार्यालय नेपालगन्जले अभियानको पहिलो दिन चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । मंगलबार प्रहरीले थप ३१ वटा ईरिक्सा र पेट्रोल अटो रिक्साको साउण्ड बक्स तथा स्पिकरहरु निकालिएको वडा प्रहरीले जानकारी दिएको छ ।

    ट्राफिक प्रहरी कार्यालय बाँकेले यसअघि ध्वनि प्रदुषण विरुद्धको अभियान थालेपनि बीचमै छाडेको छ । हाल ट्राफिक प्रहरीले अभियानलाई वेवास्ता गर्दै आउँदा सहरको अवस्था कोलाहल पूर्ण भैरहेको अवस्थामा वडाले आफ्नो कार्यक्षेत्र भित्र ध्वनि प्रदुषण विरुद्ध पहल गरेको हो ।वडा प्रहरी कार्यालयले दिएको जानकारी अनुसार, वडाबाट खटिएको प्रहरी टोलीले नेपालगन्जको बिभिन्न स्थानबाट ३० वटा ईरिक्सा र १ वटा पेट्रोल अटो रिक्सामा ठुलो आवाजमा गित बजाई सवारी बसाई ओसारपसार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।

     नियन्त्रणमा लिइएको इरिक्सामा जडान गरिएका साउण्ड बक्स तथा स्पिकरहरु खोल्न पठाई अब उप्रान्त त्यस्ता किसिमका गल्ति कमिकमजोरी पुनःनदोहोर्याउन सम्झाएर चालकहरुलाई छाडिएको छ ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६