अर्थ-वाणिज्य

नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल हुँदै



चितवन ६ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले पर्याप्त मात्रामा मल र बीउबिजन पाउने गरी सरकार अघि बढेको बताउनुभएको छ  । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले  किसानलाई मलको समस्या नहोस् भनेर मन्त्रालयले योजना बनाएको जानकारी दिनुभयो ।“धान बालीमा आवश्यक पर्ने मलका लागि अहिले नै सरकारका तर्फबाट प्रक्रिया शुरु भएको छ”, उहाँले भन्नुभयो, “किसानको यो समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपालमा नै मल कारखाना स्थापनाका लागि छलफल भइरहेको छ ।” आगामी मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने मन्त्री अर्यालले जानकारी दिनुभयो । एक प्रश्नका जवाफमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेत्री अर्यालले निर्वाचनको प्रक्रिया शुरु भएपछि राजनैतिक दल दर्ता प्रकिया र चिह्न हस्तान्तरण प्रक्रियासँगै आधिकारिकताको विषयको विवाद टुङ्गिने बताउनुभयो ।  

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६