अर्थ-वाणिज्य

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो



 काठमाडौं ७ फागुन । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावल सुनको भाउ शक्रबार ८८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो मंगलबार यता मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको हो । महासंघले आज तेजावी सुनका भाउ ८७ हजार ७५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितेला मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ ।

बिहीबार १३३५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ १३०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । सुनको भाउ बढ्नुको कारण अमेरीकी नयाँ राष्ट्रपतिले पदभार सम्हालेपछि कोभिड प्रभावितकालगि घोषणा गरेको सहुलियत प्याकेज भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डलर थप मजबुत बन्दै जानु, लगानीको वातावरण सहज बन्नु जस्ता कारणले सुनमा गरिने लगानी घटेको बताइएको छ ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६