लुम्बिनी

गुल्मीमा आपराधिक क्रियाकलाप बढेपछि नागरिक आन्दोलित



गुल्मी ७ फागुन । गुल्मीमा आपराधिक क्रियाकलाप अचाक्ली बढेपछि नागरिक आन्दोलित भएका छन् । बिहिबार रेसुंगा नगरपालिका ३ भाडगाउँकी ५२ बर्षीया टोमकला खत्रीको मृत्यु र बुहारी सम्झना बोहोरा बेपत्ता भएको बिषयमा प्रहरी प्रशासन गम्भिर नभएको भन्दै आन्दोलनमा उत्रेका उनीहरुले असुरक्षा बढेको भन्दै सुरक्षाको माग गरी आन्दोलनमा उत्रेका थिए । नारा जुलुशसहितको आक्रोशित भिडले प्रशासन कार्यालयको दुई सुरक्षा घेरा तोडेर प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेका थिए । घटनाको बिषयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा र प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठले आन्दोलनरत पक्षलाई आश्वस्त पार्न नसकेपछि अनुसन्धान गरिरहेका डिएसपी र इन्स्पेक्टरलाई बोलाइयो । 

आन्दोरत पक्षले अनुसन्धानका बिषयमा दुई प्रहरी अधिकारीसँग बयान लिए । प्रहरीले लगभग अनुसन्धानका सवै कुरा आन्दोलनकारीसंग बताउन बाध्य बन्यो । घटनाको सत्य तथ्यनै बाहिर नआएको अवस्थामा एकतर्फि आन्दोलनरत पक्षहरुसंग प्रहरीको त्यो निरिह बयानले प्रहरीको गरिमामै प्रश्न उब्जिएको छ । त्यस्तै प्रशासनको गेट र सुरक्षा घेर तोडेर प्रमुख जिल्ला अधिकारीकै कक्षमा आन्दोलनकारी पुगे ।यो बिषयले पनि प्रहरी र प्रशासनको निरिहता बाहिएको छ । आन्दोलनरत पक्षले शान्ति सुरक्षाको बिषयमा प्रमुख जिल्ला अधिकारी शर्मा र प्रहरी प्रमुख प्रबिणलाल श्रेष्ठको निकै बेर आलोचना गरे । जिल्लाको शान्ति सुरक्षा र अपराधका घटनामा अनुसन्धान गर्ने प्रहरी संगठन र अधिकारीहरुलाई आन्दोलनकारीलेनै अनुसन्धान र काम गर्ने तरिकाका बिषयमा भाषण सुनाए । तर, दलबलका अगाडी प्रहरी प्रशासन मौन बस्नुको अर्को बिकल्प थिएन् । 

नारा जुलुससहित बच्चा बोकेर कार्यकक्षमा आन्दोलनरत पक्ष पुगेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले कसैलाई सम्झाउनै सकिनन् । आन्दोलनकारीले मुखमा आएको बोले । उनले हेरेर र रोएरै सहिन् । त्यसलाई आन्दोलनकारीले कम्जोरी ठाने । आन्दोलनकारीलाई आफु प्रमुख जिल्ला अधिकारी मात्रै नभएर छोरी चेली समेत भनिन । तर, आन्दोलनरत पक्षलाई प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चित्त बुझाउन सकेनन् ।हात जोडेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले मृतकका आफन्त, नागरिक समाज र राजनैतिक दलका अगाडी अनुसन्धान र काम कारबाहीका बिषयमा प्रहरीलाई थप दवाब दिने प्रतिवद्धता दिइन् ।

आन्दोलनरत पक्ष र प्रशासनसंग पहिलो पटक करिव २ घण्टा चर्काचर्की भयो । लगभग सहमति भएका बेला एक्कासी स्थिती फेरि भाँडियो । आन्दोलनरत पक्षले प्रहरीले आफुहरुलाई विश्वस्त बनाउन नसकेको भन्दै १४ महिनाको बच्चा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै छोडेर हिडे । करिव ३ सय जना आन्दोलनरत पक्षसंग निर्दोष बच्चाको कुनै मुल्य र माया थिएन् ।

आमा पत्ता नलागेसम्म छोरा सिडिओ र शब एसपीले जिम्मा लिनुपर्छ,’बच्चाका छिमेकी निरोज मरासिनीले भने,‘जनतालाइए प्रहरी प्रशासनप्रति कुनै आश छैन ।’ आमा सम्झना बोहोरा १४ महिनाको बच्चा छोडेर एक हप्तादेखि बेपत्ता छन् । अवेर बच्चालाई उनका आफन्तले लगे । 

घटनाको रहस्य 

रेसुंगा नगरपालिका ३ भाडगाउँकी ५२ बर्षीया टोमकला खत्रीको घरमा माघ ३० गते राति ३ जना अपरिचित व्यक्ति आए । उनी र १४ महिने नातिलाई छुट्टै कोठामा थुने र बुहारी सम्झना बोहोरालाई लगेर गए । ती व्यक्तिहरुले खत्रीलाई कसैलाई भने ज्यान मार्ने धम्की पनि दिए । फागुन १ गते बुहारीका आफन्त छोरी खोज्न भाडगाउँ ९घर० आए । त्यसपछि बुहारीका माइती पक्षले सोहि दिन प्रहरीमा उजुरी समेत दिए । प्रहरीले सासु टोमकलालाई सोधपुछ गरे । छोरा नेत्र बहादुर खत्री पक्राउ परे  ।

टोमकला घर फर्किन । तर, अर्को दिन अर्थात फागुन २ गते बिहान घर नजिकै झुण्डिएको अवस्थामा फेला परिन् । भने बुहारी अहिलेसम्म फेला परेकी छैनन् । कसले लगेर गए भन्ने बिषयमा उनका आफन्त र प्रहरीनै अनबिज्ञ छ । मृतक खत्रीको शब परिवार र आफन्तले पाँच दिनदेखि पोष्टमार्टम गर्न दिएनन् । घर पक्षले छोरी हराएको बिषयमा माइती पक्षले तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै किटानी जाहेरीसहित आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गरे ।

अहिले बेपत्ता बुहारी सम्झनाका बुबा हिरा र फुपु मिठु बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । मृतक पक्षले घटनाको छानविन र बुहारी फेला नपरेसम्म शवको पोष्टमार्टन गर्न नदिने भन्दै दवाव सृजना गर्दै आएका थिए । माइती पक्ष पनि घरबाटै आफ्नो छोरी बेपत्ता पारिएको भन्दै घर परिवार बिरुद्ध किटानी जाहेरी दिने योजनामा छन् ।

प्रहरीले घटनामा सक्रियता नदेखाएर अपराधलाई मलजल गरिरहेको स्थानीयको आरोप छ । बिहिबार अवेर जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठक बसेर शवको पोष्टमार्टम गर्ने र जिल्लाका सवै अपराध अनुसन्धाका बिषयमा बाहिरबाट सिआइबिको टोली ल्याएर अनुसन्धान गर्ने सहमति भएको रेसुंगा नगरपालिका १३ का वडाध्यक्ष खुम खत्रीले बताए । जिल्लाका नेता, नागरिक समाज र आन्दोलनरत पक्षले प्रहरी प्रमुखको काम माथि प्रश्न उठाउँदै सरुवाको माग गरेका छन् । 

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६