जीवनशैली

पारस हिमानीको पुनरमिलनः कोमल बनिन असल माध्यम



झापा फागुन । राजदरवार काण्डका नाइके भनिएका पूर्प यूवराज पारस र उनकै श्रीमति हिमानी शाह बीच झापाको मेचिक्राउन होटलवाट पुनरमिलन भएको समाचार प्राप्त भएको छ । लामो समयदेखि छुट्टाछुट्टै बसोबास गर्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच पुनर्मिलन भएको हो ।कानूनी र कागजी रुपमा छुट्टाछुट्टै नभए पनि उनीहरुबीच खासै भेटघाट र बातचित नभएको वर्षौ भइसकेको छ । पारस र हिमानीबीच भेट हुने वातावरण नै बन्यो भने पनि उनीहरु यसअघि आपसमा छलिएर हिँड्नेरबस्ने गर्दै आएका थिए ।

    तर, शुक्रबार एकाएक पूर्वयुवराज पारस शाह र उनकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाहसहित पूर्व राजपरिवारका सदस्यहरुको सामूहिक तस्वीर पारस शाहले नै आफ्नो फेसबुक वालमा पोस्ट गरे । सोही तस्वीरले उनीहरुबीचको मिलन भएको प्रष्ट सङ्केत समेत दिएको छ ।आफ्नी आमा पूर्व वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको शुभजन्मोत्सवको अवसरमा खिचिएको उक्त तस्वीरमा पारस र हिमानी सँगै उभिएका छन् ।

    झापाको धुलाबारीस्थित मेची क्राउन होटेलमा लिइएको उक्त तस्वीर पारस शाहले शुक्रबार राति सार्वजनिक गरेका हुन् । आमा कोमल शाहको ७१औं जन्मोत्सवका अवसरमा पारस र हिमानीसहित भेला भएका पूर्व राजपरिवारका सदस्यहरूको सार्वजनिक तस्वीरमा पूर्वराजा ज्ञानेन्द्र शाह, कोमल, पारस, हिमानी र हृदयेन्द्र शाहलगायत देखिएका छन् । तर, पारसका छोरीहरु पूर्णिका र कृतिका भने देखिएका छैनन् ।

    यद्यपि, पारस र हिमानीको मिलनका लागि कोमल शाहले आफ्नो जन्मोत्सवलाई भव्य बनाएको बताइएको छ । स्रोतका अनुसार जन्मोत्सवमा पारसबाहेक राजपरिवारका सदस्य सहभागी हुने बताइएको थियो । तर, कोमलकै तजबीजमा पारसलाई आफ्नो कार्यक्रममा बोलाएर छोरा–बुहारीबीच मिलनको वातावरण बनाएको बताइएको छ ।

    कोमलको यो प्रयाश र तस्वीरमा देखिएको सामिप्यताका आधारमा लामो समयदेखि अनायासै टाढिएका पारस र हिमानीको सम्बन्ध पुनः मिलनको बाटोमा लागेको अनुमान धेरैले गरेका छन्, जुन कुरा अत्यन्तै सकारात्मक समेत छ ।यसअघि केही औपचारिक कार्यक्रमबाहेक पारस र हिमानीको भेट हुन सकिरहेको थिएन । पूर्वयुवराज पारस शाह पोखरातिर बस्दै आएका छन् भने पूर्वयुवराज्ञी हिमानी शाह निर्मल निवासमा छिन् ।

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६