अर्थ-वाणिज्य

शुद्ध खानेपानीको व्यवस्था नगरको आधारभूत प्रतिवद्धता : मेयर थारु



कपिलवस्तु १० फागुन । बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले शुद्ध खानेपानीको सहज उपलब्धता नगरको आधारभूत प्रतिवद्धको भएको वताउनु भएको छ। उहाले खानेपानीको विषयमा प्रदेश सरकारको १ घर १ धारा कार्यक्रम अनुसार नै नगरले पनि कार्य गरि रहेको बताउनु भएको हो । उहाले नगरपालिकाले सबै क्षेत्र हेर्नुपर्ने भएकाले खानेपानी र सरसफाईको  क्षेत्रलाई प्राथमिकतामा राखि योजनाहरुलाई अगाडी बढाईरहेको बताउनुभयो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासघं नेपाल बाणगंगा नगरपालिका स्तरिय भेलालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । शुद्ध पानी सेवन नगरेकै कारण विभिन्न किसिमका रोग लाग्ने भएकाले उपभोक्ता स्वयम सचेत हुनुपर्ने औल्याउनुभयो । यस्तै नगरउपप्रमुख चक्रपाणी अर्यालले नगरबासी सबैलाई शुद्ध खानेपानीको व्यवास्थापन तर्फ नगर लाग्र्नु पर्ने जनाउदै वास परियोजना समेत निमार्ण गरिसकेको जानकारी दिनुभयो । उहाले चालु आर्थिक वर्षमा नगरमा ४।५ ओटा ओभरहेड टंकी निमार्ण भैरहेको जनाउदै घर घरमा सुरक्षित खानेपानीका धारा पुर्याउने योजना सहित अगाडी बढेको बताउनुभयो ।

यस्तै बाणगंगा नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष बालकुमारी पन्थ, २ का विष्णु पौडेल, ४ का गणेश क्षेत्री, ५ का भिष्मराज भुषाल , ८ का वडा अध्यक्ष ध्रुब बेल्बासे, पत्रकार महासघं कपिलबस्तुका उपाध्यक्ष पार्वती पाण्डे लगाएतले  बोल्दै सुरक्षित खानेपानी पाउनु नागरिकको अधिकार रहेकाले यस विषयमा विषेशरुपमा अगाडी बढ्नुपर्ने आवश्यकता रहेकोबताउनु भएको थियो ।  कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता महासघं नेपालका अध्यक्ष राजेन्द्र विक्रम शाहीको अध्यक्षता, सचिव धर्मराज गैरेको संचालन तथा उपाध्यक्ष राधिका पन्थ पौडेलको स्वागतमा सम्पन्न भएको हो ।

यस्तैविच भेलाले बाणगंगा नगर स्तरिय खानेपानी तथा सरसफाई उपभोक्ता समिती  गठन गरेको छ । बाणगंगा खानेपानी उपभोक्ता समितीका अध्यक्ष विश्व कार्कीको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरेको हो । जसको उपाध्यक्षमा  शुष्मा थापा, सचीवमा राम प्रसाद भुसाल, कोषाध्यक्षमा  बिमला चौधरी र सह सचीवमा लक्ष्मी क्षेत्री रहनु भएको छ ।  

यस्तै मान बहादुर थापाको संयोजकत्वमा लेखा समिती समेत चयन गरेको छ । जसमा  लक्ष्मी अर्याल र धुर्ब चनु थारु सदस्य रहनु भयेको छ । जिल्ला भित्रका दस वटै पालिकामा समिती गठन गर्ने जिल्ला समितीको निर्णय अनुसार बुद्धभुमी मा गत माघ ३० गते नै गठन गरि सकिएको छ भने  बाकी पालिकामा पनि छिट्टै  भेला बोलाइने ज जिल्ला कोषाध्यक्ष नमुना पौडेलले दिनु भयेको छ ।

 

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६