अर्थ-वाणिज्य

लुम्विनी : प्रदेश सरकारमा कांग्रेसको आँखा



बुटवल, १२ फागुन । नेपाली काङ्ग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्दीन खानले आवश्यक परे नेपाली कांग्रेसले लुम्विनी प्रदेश सरकारको नेतृत्व लिन तयार रहेको बताउनु भएको छ । उहाँले जनताको अबमुल्यन गर्ने पात्र इतिाहासबाटै हराउने बताउँदै नेकपा पार्टी भित्रको किचलोले मुलुकलाई बन्धक बनाउन नपाईने बताउनु भयो । 

सर्वेाच्च अदालतले गरेको फैसलाको नेपाली काङ्ग्रेसले स्वागत गरेको बताउदै उहाँले शासन व्यक्तिको नभई विधीको हुनुपर्ने भन्दै संघीयता, शान्ति, विकास र समृद्धिको लागि सम्पूर्ण राजनैतिक शक्तिलाई समेटेर आवश्यक परे लुम्विनी प्रदेश सरकारको नेतृत्व लिन काङ्गे्रस तयार रहेको बताउनु भयो । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटबलमा बुधवार भएको साक्षात्कारमा बोल्दै प्रचण्ड माधव पक्षका नेता एवं प्रदेश सभा सदस्य विष्णु पन्थीले सर्वेाच्चको निर्णयले नेपाली जनताको जित भएको उल्लेख गर्दै जनताले अस्थिरता नचाहेकोले सर्वोच्चले मुलुकको हितमा ऐतिहासिक निर्णय गरेको बताउनु भयो ।उहाँले अव दलहरु मिलेर नै मुलुकलाई निकास दिनुपर्ने बताउँदै मुलुकलाई अव शान्ति र समृद्धिको बाटोमा लैजानुपर्दछ भन्नुभयो । 

त्यसैगरी ओली पक्षका नेता प्रदेश सभा सदस्य रामजी घिमीरेले सर्वेाच्चको फैसलाले प्रश्नहरु खडा गरेको बताउँदै कार्यकारीको अधिकार सर्वोच्चले रोक्नु शक्ति पृथकीकरणको विपरित भएको दावी गर्नुभयो । उहाँले ओलीको कदमको बचाउ गर्दै ६४ प्रतिशतको बहुमत प्राप्त गरेको सरकारले संसदीय व्यवस्था अनुसार संसद विघटन गरेको बताउँदै बहुमत प्राप्त गरेको प्रधानमन्त्री निरीह हुने यो कस्तो व्यवस्था हो ? भनी प्रश्न गर्नुभयो । जनता समाजवादी दलका प्रमुख सचेतक सन्तोष पाण्डेले सर्वेाच्चले गरेको निर्णयलाई स्वागत गर्दै ओली सरकारको स्वेच्छाचारी कदमले मुलुक अन्यौलको अवस्थामा आएको बताउनु भयो । 

उहाँले सर्वेाच्चको आादेशले ल्ुम्बिनी प्रदेशवासीमा उत्साह आएको बताउदै अब आउने नेतृत्वले जनताको चाहाना अनुसार काम गर्नु पर्ने उल्लेख गर्नुभयो । नेपाल बार तुलसीपुर इजलास बुटबलका अध्यक्ष जोगबहादुर खत्रीले प्रधानमन्त्री ओलीले नैतीकताको आधारमा तत्काल राजीनामा दिई बाटो खुला गरीदिनु पर्नेमा जोड दिनुभयो । साक्षता कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६