प्रदेश

पश्चिमी वायुको प्रभाव ,आइतबारसम्म केही स्थानमा वर्षा र हिमपातको सम्भावना



बुटवल १४ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। हाल प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ। तराईका थोरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ।

शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

शनिबार देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

आइतबार प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६