बुटवल १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संसद पुनस्थापनापछि नयाँ प्रधानमन्त्री खोजी गर्दा केपि ओलीको विकल्पमा प्रचण्ड र शेर वहादुर देउवा हुनु जनताकालागि अपाच्य हुने वताउनु भएकोछ । अवको प्रभानमन्त्री फ्रेस र अनटेष्ट ब्यक्ति हुनुपर्ने उहाको सुझाव छ। कसलाई वनाउने भन्ने सबैकुरा सम्वन्धित दलहरुको हो तर हाम्रो सुझाव के हो भने फेल भएका नेताहरु दोहोरीएर प्रधानमन्त्री बन्दा जनता निराश हुनेछन् ।
उहाले सर्वोच्च अदालतको फैसलाले संविधानलाई बलियो र विश्वासिलो बनाएको बताउनु भएको छ ।संसद पुनःस्थापर्ना गर्ने सर्वोच्च अदालतको फैसलालाई धन्यबाद दिंदै संसद पुनः स्थापनापछि देशमा नयां परिस्थिति पैदा भएको बताउनुभयो ।संसद पुनः स्थापना भएपनि देशमा अस्थिरता पैदा हुने खतरा रहेको उल्लेख गर्दै त्यसबाट भारतीय र अमेरिकी साम्राज्यबादी शक्तिले फाइदा उठाउने सम्भावना रहेको बताउनु भयो । यो अवस्थाका लागि मुख्य रुपमा ओली नै जिम्मेवार रहेको उहांको भनाइ छ ।
प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री सिंहले राजावादी, भारतीय र अमेरिकी साम्राज्यवादी शक्तिको सक्रियताले नयां प्रकारको जटिलता आउन सक्ने बताउनु भयो ।ओलीको गलत कार्यशैलीका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै पार्टी भित्रको विवादलाई ओलीले फेस गर्न नसकेका कारण देश संकटको अवस्थामा पुगेको बताउनुभयो ।
संसदको निर्णलाई ओलीले स्वीकार गरेर देशलाई अगाडी बढ्नका लागि वातावरण बनाइ दिंदा देशको हित हुने महामन्त्री सिंहको तर्क छ । भारतले नेपालमा अस्थिरता चाहेको र अमेरिकाले एमसीसी ल्याएर नेपालमा शैन्य शक्ति भित्राउन खोजेको बताउनुभयो । अब बन्ने सरकारले एमसीसी ल्याउन सक्ने खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिंदै अब बन्ने सरकारको नीति र कार्यक्रमका आधारमा पार्टीले त्यो सरकारलाई समर्थन र बिरोध गर्ने बताउनुभयो ।
उहांले कांगे्रस र ओलीको समिकरणमा पनि सरकार बन्न सक्ने र कांगे्रस, प्रचण्ड–माधव समूहको नेकपा र मधेशवादीको समिकरणमा पनि सरकार बन्न सक्ने सम्भावना उत्तिकै रहेको बताउनुभयो ।प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देही अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र कोषाध्यक्ष विरेन्द्र कुवंरको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया