अर्थ-वाणिज्य

साना उद्योग महासंघको अध्यक्षमा गहतराज



कपिलवस्तु १५ फागुन।नेपाल घरेलु तथा साना उद्योग महासघ शिवराज नगरसमितिको दोस्रो अधिवेशन  भएको छ । अधिवेशनले अध्यक्षमा कपल गारमेन्ट उद्योगका सञ्चालक संजिव गहतराजलाई चयन गरेको छ ।जसको वरिष्ठ उपाध्यक्षमा सुनिल गैरे,उपाध्यक्षमा अन्जु थापा , रेस्मा पाण्डे ,सचिव  दिनेस खाती,कोषाध्यक्ष ऋषिकेश भटराई ,सदस्यमा प्रकाश चौधरी ,शिबम सुनार ,पदम पौडेल ,मनिस बन्जाडे, गिता पौडेल,मनिस पोख्रेल लगायत १५ सदस्य चयन गरिएको छ  ।त्यस्तै सल्लाहकार  संयोजकमा सृजन पोख्रेल निर्बिरोध चयन  हुनुभएको  छ ।

कार्यक्रममा महासंघ केन्द्रिय सदस्य भेषराज पाण्डेले उद्यमीहरु अधिकारको लागि एकजुट हुनुपर्ने बताउनुुभयो । स्थानिय तहहरुले निर्धारण गर्ने राजस्व समितिमा घरेलु तथा साना उद्योग महासंघ पदाधिकारीहरु अनिवार्य राख्नुुपर्ने प्रवधान रहेकोले नगरका योजना तथा उद्यमको विषयमा बोल्नुपर्ने बताउनुुभयो । मुख्य उद्यमीहरु व्यवासयिक रुपमा मर्कामा परिरहेकोले ती समस्याहरुलाई समाधानको लागि महासंघको भुमिका धेरै हुने उहाँँले बताउनुुभयो । 

अधिवेशनले नयाँ नेतृत्व चयन गरेकोले यो समितिले प्रभावकारी रुपमा गर्र्नुपर्ने बताउँदै सफल कार्यकालको शुुभकामना दिनुुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष फुुलकुमारी श्रेष्ठ,जिल्ला वरिष्ठ उपाध्यक्ष टोपलाल पोखरेल,शिवराज नगरपालिकाका कार्यापालिका सदस्य सिबि गहतराज,सुनिल गैरेले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्नुु भयो । श्रीजन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव  रविन्द्र पौडेल गर्नुभएको थियो ।

प्रकाशित : १५ फाल्गुन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६