पर्यटन

गुल्मीमा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव



गुल्मी १६ फागुन ।गुल्मीको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्नको लागि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको हो ।यस क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने उदेश्य गाउँपालिकाले लिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले प्याराग्लाइडिङ महोत्सव गरिएको छ ।

मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा अर्खबाङ बजार व्यवस्थापन समितिको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । महोत्सव फागुन २७ गतेसम्म चल्नेछ ।मालिका गाउँपालिकाको वडानम्बर-४ को देउराली डाँडाबाट हुने उडानबाट मालिका गाउँपालिकासँगै मदाने लेक र अन्य यस क्षेत्रका पर्यटिकय संगै धार्मिकस्थलको अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले प्याराग्लाइडिङ्गलाई निरन्तर संचालन गर्ने गाउँपालिका मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापाले बताए ।यहाँका युवाहरुलाई अब गाउँपालिकाले प्याराग्लाइडिङ्गको माध्यमबाट रोजगारको व्यवस्था गर्न सहयोग पुग्ने अध्यक्ष थापाको भनाइ छ ।प्याराग्लाइडिङ्गमार्फत गाउँपालिकामा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न यो कार्यक्रमले सहयोग पुग्ने अपेक्षा लिएको छ ।

स्थानीयहरुले गाउँपालिकाले गाउँमा प्याराग्लाइडिङ्ग संचालन गरेकोमा खुशी व्यक्त गरेका थिए ।उनीहरुले महोत्सवमा मात्र नभइ यस कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई अनुरोध गरेका छन् । याराग्लाइडिङको शुल्कप्रति व्यक्ति दुई हजार तोकिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।गाउँपालिकाले केही समयअघि देउराली डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको थियो ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६