अर्थ-वाणिज्य

भैंसी गोठालालाई बाघले अज्ञात तर्फ लग्यो



बर्दिया १७ फागनु । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा बाघले मानिसलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ ।आज मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका एक पुरुषलाई झम्टेर लगेको छ । बर्दिया राजापुर नगरपालिका १० का वृद्धलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ६ नौरङ्गापुरबाट झम्टेर लगेको हो ।

   बाघले लगेका पुरुषको हात्तीको सहायतामा खोजी भैरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो । गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो ।

बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाको ज्यान गैसकेको छ । राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुगेको छ ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६