अर्थ-वाणिज्य

वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने प्रधानमन्त्री ओलीको भनाई



काठमाण्डौ १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको छ । मङ्गलवार काठमाण्डौमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा नागरिक तथा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको हो । वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका लागि पनि नागरिकको साथ लिने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहिँ ठानेको थिइनँ । यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होइन, वैज्ञानिक नीति हुनुपर्‍यो । दिगो वन विकास नीति हुनुपर्‍यो । प्रतिफल दिने विकास नीति हुनुपर्‍यो र यो कुरा के भने हामी नीतिहरट्ठ बनाउँदा तपाईँहरूको साथ लिएर बनाउँछौँ । नागरिकको साथ लिएर बनाउँछौँ ।

उपभोक्ताको साथ लिएर बनाउँछौँ । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जीवजन्तुको संरक्षण, सुरक्षा आदि सबै कुरा नागरिकको साथ लिएर बनाउँछौँ ।’प्रधानमन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरूले वनको संरक्षण गर्न भूमिका खेलेको बताउनुभयो । उपभोक्ता समितिहरूले नष्ट भइसकेका वनहरूलाई पुनर्जीवन दिएको उहाँको भनाइ छ । फलस्वरूप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सायद उपभोक्ता समितिहरू नबनेका भए, सामुदायिक वनहरूको रूपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो । नष्ट भइसकेका वनहरूलाई वन उपभोक्ता समितिहरूले पुनर्उत्थान गरेका छन् । तिनलाई पुनर्जीवन दिएका छन् र हाम्रो वातावरणीय सन्तुलन, हाम्रो वृष्टि, अनावृष्टि जस्ता कुराहरूलाई सन्तुलन र हाम्रो देशलाई बढ्दो तापक्रम नियन्त्रण गर्ने कुरामा ठूलो योगदान पुगेको छ ।’

प्रधानमन्त्री ओलीले सबै प्रकारका वनको सुरक्षा, समुचित प्रबन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताउनुभयो । वनको अधिकतम सुरक्षा र विकास गरी नागरिक र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उहाँको भनाइ छ । 

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६