अर्थ-वाणिज्य

खानेपानीका कारण विरामी परेमा क्षतिपूर्ति दिइने



कपिलवस्तु  २१ फागुन ।संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका आयोजना प्रमुख शालिकराम पौडेलले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुले आफूले वितरण गरिरहेको पिउने पानीको गुणस्तर समय समयमा परिक्षण गर्नु पर्ने बताउनु भएको छ ।संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलवस्तुको संयुक्त आयोजनामा आज गोरुसिंगेमा सम्पन्न खानेपानीको गुणस्तर तथा सेवा प्रणाली व्यवस्थापन सम्बन्धि एक दिवसिय अभिमुखिकरण तालिमका आयोजना प्रमुख पौडेलले यस्तो बताउनु भएको हो । 

कार्यक्रममा आयोजना प्रमुख पौडेलले हामीले वितरण गरिरहेको पिउने पानी विविध कारणले दुषित हुन सक्ने भएकोले समय समयमा परिक्षण गरिरहन पर्ने र परिक्षण नगरेका कारण उपभोक्ताहरु विरामी परेमा त्यसको क्षतिपूर्ति संस्थाले व्यहोर्नुपर्ने कानुनी व्यवस्था रहेकोले सजक रहन अनुरोध गर्नुभयो । प्रमुख पौडेलले संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासंग पानी परिक्षणका लागि मोबाइल भेन समेत रहेकोले आवश्यक परेर उपभोक्ता संस्थाले माग गरेको आवश्थामा आफूले पठाउने प्रतिवद्धता जनाउनुभयो । 

पौडेलले गुणस्तरिय पिउने पानी उपलब्ध गराउनका लागि संस्थाको व्यवस्थापन महत्वपूर्ण रहेकोले व्यस्थापनलाई चुस्त दुरुस्त राख्न खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम शाहाले हामीले सदैब पिउने पानी र आफ्नो आनी बानीमा विशेष ख्याल गर्नु पर्ने बताउनु भयो । उहाँले आफूहरु संघको पालिका स्तरिय कमिटी विस्तारमा अहिले केन्द्रित रहेकोले हाल सम्म वाणगंगा र बुद्धभूमि स्तरिय समिति गठन भैसकेको र भोली शिवराजमा सो कमिटि गठन गर्ने कार्यक्रम रहेको जानकारी समेत दिनुभयो । 

इन्जिनियर तिलक न्यौपानेले खानेपानी तथा सरसफाइका क्षेत्रमा बजेट र कार्यक्रमहरु बढ्दो मात्रामा रहेको भए पनि कर्मचारीहरु घट्दो अवस्थामा रहेकोले कार्यसम्पादनमा आफूहरुलाई समस्या सिर्जना भएको धारणा राख्नुभयो । उहाँले हाल आयोजना अन्तर्गतका विभिन्न योजना तथा कार्यक्रममा कपिलवस्तुलाई पछाडी पारिएकोले त्यसो नगर्न आयोजना प्रमुख पौडेल समक्ष अनुरोध समेत गर्नु भयो । कार्यक्रममा संघका वाणगंगा नगर अध्यक्ष विश्व कार्कीले पानी वितरण गर्दा राक्दै वितरण गर्दै गर्दा झन पानीको फोर्स कम आउने भएको त्यसो गर्नु नहुने आफ्नो अनुभव रहेको सुनाउनुभयो । 

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम शाहाको अध्यक्षता खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख शालिकराम पौडेलको प्रमुख आतिथ्यता, महासंघका केन्द्रिय सदस्य कमला न्यौपाने, निवर्तमान जिल्ला सचिव रेश्मीराज अधिकारी, लेखा संयोजक मनेश्वरी श्रेष्ठ लगायतको आतिथ्यता र रविकिरण आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा जिल्लामा अवस्थित विभिन्न खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष प्रतिनिधी एवं उपभोक्ताहरुको सहभागीता रहेको थियो । 

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६